हिन्दु धर्म र दलित

आफुलाई हिन्दू धर्मको पहरेदार सम्झनेहरु बेला बेला धर्मको पक्षमा कुर्लि रहन्छन्। कोही संगठनिक रुपमा कोही असंगठनिक  रुपमा। तिनै धर्मको ठेकेदारी लिएर बसेकाहरु, आफ्नै धर्म मान्नेहरुलाई घर, आँगन, मन्दिर, गुठी आदिमा छिर्न दिंदैनन् । अन्तर जातिय विवाह गरे  भने गाउँ निकाला गर्छन् । छोरी, ज्वाईं बाहुन-क्षेत्री नै खोज्छन् अनि गर्छन धर्मका ठुला कुरा ?

महाभारत लेख्ने बेदव्यस मछवारा थिए , रामायण लख्ने बाल्मिकी क्षेत्री हुन , महार्सी बिस्वामित्र गाउँ निकाला भएका परिवार थिए अनि ग्रन्थहरुमा र धर्ममा ठेकदारी किन ?

अहिले पनि भक्ते कामी माथ्लाघरे पण्डितको आँगनमा खुट्टो राख्न डराउछ मन्दिर त परको कुरो । धर्म कै कारण तल्लो जाति भएर सकसको जीवन जिउनु भन्दा त धर्म परिवर्तन गरेर उन्मुक्ति पाएकै बेस । कुनै अपहेलित जाति किन हिन्दु भै राख्ने ??? जब उसलाई आफ्नै भगवान पुज्ने छुट छैन भने !!!
Powered by Blogger.