गित

                  












आँखा मै छ तिम्रो रुप,मुटु भरी माया ।
बसिदेउ न प्रिये सधैं,बनी मेरो छाँया ।।
हर रात सपनिमा,तिमी मात्रै आउँछ्यौ ।
सताएर किन माया ,लुकि-लुकी लाउँछ्यौ ।।
आई देउ न आलिङ्गनमा,किन डराउँछ्यौ ।
चोखो माया गर्छु भन्दै,किन तड्पाउँछ्यौ ।।
जिउने आधार तिमि नै हौ,साच्चै भन्छु कसम ।
चोट लाग्दा यो मुटुमा,तिमी नै हौ मलम ।।
तिम्रै खुसी मेरो खुसी,सोचेको छु मैले ।
जिन्दगी नै रङ्गिन भयो,तिमी आयौ जैले ।।
खुसी हुन्छौ भने प्रिये,यो ज्यान नै अर्पि दिउँला ।
हाँसीहाँसी तिम्रै काखमा, विष पनि पिई दिउँला ।।
                                    (२०१५-०१-०१)
Powered by Blogger.