तितो सत्य

जसले जे भनोस,केपि ओलि जस्ता अझै दुईचार नेता हुने हो भने उहिले संविधान बनिसक्ने थियो । एउटा स्पष्ट अडान भएको , प्रष्ट बोल्ने र बहादुर नेता हुन ओलि ।

उनले हिजो,अस्ति जे बोले एकदम सहि बोले । साच्चिकै हो माओवादी,मधेसी र अन्य साना दल संविधान बनाउनै चाहदैनन् किनकी संविधान बनेको भोलिपल्ट नै धेरै (अयोग्य,औंठा छाप,नातागोता) को जागिर चिप्लिने संभावना प्रवल छ ।

र ती कथित शिर्ष नेताहरूको पनि जागीर चिप्लिने पक्का छ । त्यसैले अनेक बहाना निकालेर वार्ता भाँड्दै छ्न । यस्तो परिस्थितिमा प्रक्रियामा गएरै भएपनी संविधान जारी गर्नुको अर्को उपयुक्त विकल्प हुनै सक्दैन । काग कराउँदै गर्छ,पिना सुक्दै गर्छ ।
Powered by Blogger.