जन्मदिनमा विध्यालयलाई गेट उपहार

Add caption
 रामकुमार परियार,११पौष
करिब एक वर्ष देखि अमेरिकामा बसोबास गर्दै आएका मोरङ केचनाका एक युवाले आफ्नो जन्म दिनको अवसरमा आफुले अध्यन गरेको विध्यालयलाई गेट उपहार दिएका छन ।

हाल अमेरिकामा बस्दै आएका केचनाका सन्तोष  खरेल ले आफ्नो २८ औं जन्म दिनको अवसरमा गत पौष ११ गते अमरदह - ५ स्थित श्री मङ्गल सिंह माध्यमिक विध्यालय लाई करिब ६० हजार नेपाली रुपैयाँ बराबरको गृल गेट हस्तान्तरण गरेका हुन । उनी हाल अमेरिकामै रहेकाले आफ्ना अभिभावक मार्फत गेट हस्तान्तरण गरेका हुन । सोही दिन विध्यालयले समेत एक औपचारिक कार्यक्रम को आयोजना गरि खरेललाई जन्मदिनको शुभकामना दिएको छ ।

सो अवसरमा विध्यालयलाई अतुलनीय योगदान दिएको भन्दै विध्यालय ले सम्मान पत्र प्रदान गरेको छ । सम्मान पत्र खरेलका बुवा देवि खरेलले बुझेका थिए । विध्यालयमा स्रोत अभावका कारण गेट लगाउन नसक्दा मैदान गौ चरनमा परिणत बन्दै गएको थियो । यता खरेलले पनि आफूले अध्यन गरेको विध्यालय लाई सहयोग गर्न पाँउदा ज्यादै खुसी लागेको बताए । यसबाट अन्य युवा पुस्ताले समेत पाठ सिक्नु पर्ने हस्तान्तरण कार्यक्रममा उपस्थित अभिभावक हरुले बताए ।
Powered by Blogger.