आज सरस्वती पुजा,धुमधाम संग मनाईदै

२५ जनवरी,अबुधबी । आज सरस्वती पुजा अर्थात श्री पंचमि । विध्या कि देवि सरस्वतीको धुमधाम संग पुजा गरि मनाईदैछ । आजको दिन शैक्षिक संस्था,तालिम केन्द्र,अध्यन अनुसन्धान केन्द्र,संगित प्रतिस्ठान, संचार माध्यमका कार्यालयहरु झकिझकाउ गरि सरस्वती देविको आराधना गर्ने गरिन्छ । 

बिहानै उठि नुहाई धुहाई गरि शिक्षक, विद्यार्थी, कलाकार, पत्रकार लगायतले आ-आफ्ना सिर्जनाका औजार पूजा गर्ने गर्दछन् । आजकै दिनबाट वसन्त ऋतु को शुरूवात हुने भएकोले यो दिनलाई वसन्त पन्चमी पनि भन्ने गरिन्छ । आजको दिन पवित्र शरीर र मनले सरस्वती देवीको आराधना गरे सबैको ज्ञान,विवेक,सीप वृद्धि हुने विश्वास गरिन्छ । आज देशका केही मुख्य मठ मन्दिर मा मेला समेत लाग्ने गर्दछ । सरस्वती पुजाको सबैलाई शुभकामना !
Powered by Blogger.