उच्च रक्तचापका बिरामीले ध्यान दिनु पर्ने कुराहरु


अहिलेको बढ्दो अव्यवस्थित तथा शहरीया जीवनशैलीका कारण रक्तचापका रोगीहरूको संख्या निकै बढ्दै गएको छ । रक्तचापका बढेपछि यसले शरिरमा अन्य रोगहरु समेत बल्झाइदिन्छ । जसले गर्दा हामीहरूले रक्तचाप बढ्न नदिनका लागी समयमानै सचेत रहनुपर्दछ ।

यहाँ केही ख्याल राख्नु पर्ने कुराहरू दिइएका छन, जसले रक्तचाप रोगीको लागि निकै फाइदा पुर्याउन सक्दछ ।

१) रक्तचापका रोगीहरूले एकैपटक धेरै खानेकुरा खाने गर्नु हुँदैन । त्यसमा पनि मसाला तथा तेलमा तारेका खानेकुराहरूबाट टाढै बस्दा राम्रो हुन्छ ।

२) भोजन गर्दा फलफूल तथा सागसव्जीहरूको प्रयोग धेरै गर्नु पर्दछ ।

३) खानामा लसुन, प्याज, भटमास जस्ता बस्तुहरूको सेवन फाइदाजनक हुन्छ ।

४) भोजन गर्दा पोटासियम धेरै भएका बस्तुहरूको मात्रा बढी तथा सोडियमको मात्रा भने कम हुनु राम्रो हुन्छ ।

५) खानामा नुनको सेवन कम गर्नु पर्दछ ।

६) गुलियो पदार्थहरू, चिनी, क्याफिन, चक्लेट, जंक फूड आदिको सेवन लाइ नियन्त्रित गर्नुपर्दछ ।

७) हरेक दिनमा कम्तिमा १० देखि १२ गिलास सम्म पानी पिउनु पर्दछ ।

८) खानामा जौ, गहुँको पिठो, मुङ्ग, अंकुरित दाल आदिको सेवन गर्नुपर्दछ ।

९) तरकारीका रूपमा काउली, पालुङ्गो, मेथीको साग आदि नियमित खाने गर्नु पर्दछ ।

१०) लौका, पुदिना, परवल, सजिवन, फर्सी, करेला आदिको भोजन गर्नु पनि फाइदाजनक छ ।

११) ज्वानो, अदुवा समेत नियमित खाने गरेका फाइदा पुर्याउँदछ ।

१२) फलफूलमा मौसम, अंगुर, अनार, मेवा, स्याउ, सुन्तला, अम्बा आदिको नियमित सेवन गर्नु पर्दछ ।

१३) त्यस्तै दूध, भटमासको तेल, गाईको घिऊ, सखर, मह, बदाम आदिको सेवन पनि रक्तचापका रोगीहरूका लागि गुणकारी मानिन्छ ।

यी उपायहरू अपनाउने गरेमा रक्तचापका रोगीहरूलाइ निकै फाइदा पुग्दछ ।
Powered by Blogger.