कविता


 












गन्तव्यहिन जिन्दगीको गोरेटोमा
लरखराउँदै हिँड्ने यात्री हुँ म ।
तीन पाङ्ग्रे जीवन रथको वाहक
उहीँ दुखी सारथि हुँ म ।
झुठो माया र लोभ देखाई
यात्रा तोड्ने कोशिश नगर ।
आवरण मा चोखो माया दर्शाई
पछि धोका दिने प्रयास नगर ।
टुक्रिएको छ मुटु म
कहिल्यै नजोडिने गरि ।
च्यातिएका छ्न अभिलाषा हरु
कहिल्यै नटाँसिने गरि ।
लथालिङ्ग बगैंचा को शोभा
सुभाष विहिन पुष्प हुँ म ।
जिन्दगी मा सधैं हार्ने
कलियुगको 'राम' हुँ म ।
                           (वि.सं २०६२ साल)
Powered by Blogger.