ads

ads
ads

आर्थिक समस्याले बाल केन्द्र लथालिङ्ग

२० पौष,मोरङ
मोरङको हसन्दहमा ८ वर्ष अघि स्थापित नमुना  बाल विकास केन्द्र आर्थिक अभावका कारण लथालिङ्ग बन्न पुगेको छ ।

प्लान नेपाल तथा सेतो गुराँस नामक गैरसरकारी संस्थाद्वारा २०६३ सालमा हसन्दह - ७ मङ्गलबारे बजार क्षेत्रमा स्थापना गरि समुदाय लाई हस्तान्तरण गरिएको उक्त बाल विकास केन्द्र २ वर्ष देखि लथालिङ्ग अवस्थामा छ । 

मधेसी र पिछडिएका समुदायको बाहुल्यता  रहेको उक्त क्षेत्रमा बाल विकास केन्द्र संचालन हुँदाहुँदै ४ वर्ष अघि सहयोगी संस्था प्लान नेपाल  र सेतो गुराँस ले हात झिकेको थियो ।

त्यसपछी  समुदाय कै सहभागितामा चल्दै आएको थियो । तर भवन मक्किएर जिर्ण बने पछि मर्मत सम्भार गर्न नसक्दा बाल केन्द्र अनियमित बनेको थियो । सोही मौकाको फाईदा उठाउदै स्थानीय एक प्राथमिक विध्यालय का केही सदस्य र व्यक्ती मिलेर विध्यालयमा गाभेपछी बाल विकास केन्द्र को अस्तित्व नै संकटमा परेको हो । हाल बाल केन्द्र को भवन जिर्ण अवस्थामा रहेको छ ।

अति आवश्यक भए पनि आर्थिक अभावका कारण भवन मर्मत गर्न नसक्दा आफ्ना बालबच्चा धुलो र फोहोर संग खेलेर हुर्किदै आएको स्थानीय वासी बताउछ्न । बाल केन्द्रको पुनर्स्थापना का लागि गाविस,संघ-संस्थाहरु लाई आग्रह गरेपनि कसैले चासो नदेखाएको स्थानीयले गुनासो गरेका छ्न । त्यस क्षेत्रमा बाल विकास केन्द्र अति आवश्यक रहेकाले मर्मत सम्भार र पुनर्स्थापना का लागि संबंधित निकाय,सरोकारवाला र गैरसरकारी संघ-संस्था हरुलाई स्थानीय ले आग्रह गरेका छ्न ।
Powered by Blogger.