जीवन रहुन्जेल सिकिरहनुस !!!

त्यो बेलाको कुरा हो, जब स्वामी रामातीर्थ जापानको यात्रा पानीजहाजबाट गरिरहेका थिए ।  त्यही पानीजहाजमा एक जापानी पनि थिए, जसको उमेर लगभग ९० बर्षको थियो । उनको खुट्टा कामिरहेका थिए र आँखा पनि धेरै कम्जोर भैसकेको थियो  र पनि उनी चिनियाँ भाषा सिक्नको लागि किताब पढिरहेका थिए ।

चिनियाँ भाषा धेरै कठिन हुन्छ र सिक्नको लागि पनि धेरै वर्ष लाग्छ ।

स्वामी रामातीर्थ ती जापानीको लगन देखेर प्रभावित भए । उनी त्यो जापानीलाई देखेर चुपचाप बस्न सकेनन् र उनले सोधे – ” यति बूढो भएर पनि तपाईं चिनियाँ भाषा सिकिरहनु भएको छ । तपाईं यो भाषा कहिलेसम्ममा सिकेर सक्नु हुन्छ र कहिले यसको उपयोग गर्नु हुन्छ ?”

यो सुनेर वृद्ध जापानीले स्वामी रामातीर्थलाई जवाफ दिए – ” जबसम्म जिउँदो हुन्छु तबसम्म मैले केही न केही सिकिरहनु पर्छ, नत्र मलाई आफ्नो जीवन बेकारको लाग्ने छ । मर्नु त एकदिन छ नै । यो कुरा त सबैलाई थाहा छ । तर यदि मानिसले मृत्‍युको बारेमा मात्र सोचिरह्यो भने उसले जीवनमा केही गर्न सक्दैन ।”
वृद्ध जापानीको कुरा सुनेर स्वामी रामातीर्थ हर्षविभोर भए ।
Powered by Blogger.