सबै मित्र हुदैनन् , सचेत हुनुहोस ।

राम्रा काम गर्ने मान्छेका पनि सबै मित्र हुँदैनन् । आफुले नगर्ने वा गर्ने क्षमता नराखने अनि अरुले गरेकोमा रीस र डाह गर्ने संस्कार मानिसहरुमा हुँदोरहेछ । आफ्नो स्वार्थ पुरा गर्न तपाईं संग मित्रता गाँस्ने अनि स्वार्थ पुरा भएपछि वा हुन नसकेमा अलग बाटो समाउने प्रबृत्ति खतरनाक साबित हुन्छ । अगाडि तपाइंको प्रसंसा गरे जस्तो गर्ने तर पछाडि तपाइंको धज्जी उडाउन मन गढ़न्ते तर्कहरु पस्केर आफु जस्तै जमात बनाउन खप्पिस हुन्छन शत्रुहरु । त्यसैले कसैलाई बिश्वास गरिहाल्नु अगि उसको पृष्ठभूमि जान्नु अतिनै आवश्यक हुँदोरहेछ । खासगरी आ-आफ्नो क्षेत्रबाट राष्ट्रिय रूपमा योगदान पुरयाइरहनु भएका मित्रहरु यस कुरामा सचेत रहनु जरुरी छ । सँधै अर्काको चाकडी गर्ने, बैचारिक भिन्नतालाई आफ्नो स्वार्थ अनुकुल उपयोग गर्ने, पर्दा अगाडि गुलिया भाषण छाँट्ने र पर्दा पछाडि कैंची चलाउनेहरु कहिल्यै मित्र हुन सक्दैनन् ।

Powered by Blogger.