ads

ads
ads

त्यो वर्षात

-विदुर दर्नाल
जब हामी प्रेमको भावनामा उड्न थाल्यौ त्यो खुल्ला आकाशमा । अचानक आकाश कालो निलो भयो,भयावह गर्जन सङ्गै ठुलो बर्षा ले हामीलाई छेक्यो । पानीबाट बच्न हामीसंग एउटा छाता त थियो तर हामी दुवै त्यो वर्षातमा रुझ्न चाहन्थ्यौं। छातालाई फालेर मैले उनलाई ओढाएर धेरै पर सम्म लगें । त्यतिबेला सम्म हामी निथुर्कै  भिजि सकेका थियौ । उनको त्यो चमक मुहारमा टासिएर बसेका पानीका थोपाहरु कति खुसि मान्दै खेलिरहेका थिए। केसरासी बाट बिस्तारै शरीर स्पर्श गर्दै बगेको पानीका लहर साच्चिकै डाह लाग्दो थियो । रुझेर निथ्रुक्क भएको उनको त्यो कोमल शरिरले मेरो चिसिएको  शरिरलाई न्यानोपनाको उर्जा फैलाई रहेको थियो । एकोहोरो दर्किएको झरीलाई छिचोल्दै हामी बादलको करिब करिब नजिकै पुग्यौ । जब बादल को सामुन्ने  हामी रोकियौ त्यो वर्षाको मिठो संगीतले हामीलाई यति मोहित बनाएर यति नजिक तान्यो कि हामी एक आपसलाई हातको दरिलो बन्धनले बाधी  बादल संगै उड्न थाल्यौ । अनि विलय भयौं , आफ्नो छुट्टै संसारमा । त्यो वर्षात संगै,हो त्यो वर्षात संगै !!!
                 होक्लाबारी,मोरङ । हाल: मलेसिया
Powered by Blogger.