गजल

 











बुझ्नै नसक्ने चरित्र श्रष्टिको विचित्र रहेछ
आज अनायसै तिम्रो त्यो मन ढुंगा भएछ
तिम्रो  हात  आजन्म थाम्छु  भन्ने मान्छे
पत्तै नदिई खै कुन्नी कता सुटुक्कै गएछ
रंग बदल्ने छेपारो झैँ,क्या राम्रो खुबी रहेछ
वसन्त मै यो मन  त आज उजाड  भएछ
बाँचेकै छु आज सम्म,मुटु भरी पीडा बोकि
नियतिलाई दोष सुम्पी,जिउनै पर्ने रित रहेछ
तन,मन,सर्वोश्व त तिमिलाई सुम्पेकै थिएँ
भरोसा गर्नु तिमिलाई,मेरो ठुलो भुल भएछ
Powered by Blogger.