ads

ads
ads

तपाईंको ओठ फुटेको छ ? यसो गर्नुहोस !!!


चिसो मौसममा ओठ फुट्ने समस्या देखिन्छ । यदि तपाइ पनि ओठ फुटेर समस्यामा हुनु हुन्छ भने यहाँ ओठ फुट्नबाट जोगाउने उपायको चर्चा गरिएको छ । जाडोमा चल्ने सुख्खा चिसो हावाले ओठ चिरा चिरा हुने समस्या हुन्छ ।
फुटेको ओंठले अनुहारको शोभा नै विगारिदिने मात्र होइन दुखेर समस्या पनि हुन्छ । ओंठ फुट्नबाट बचाउनका लागि धेरै मेहनत गर्नु पर्दैन । सामान्य घरेलु उपायले ओठ बचाउन सकिन्छ ।
मह र गुलाव जल
एक चम्मच गुलाब जल र एक चम्मच महलाई मिलाउनुस् र को ओठमा लगाउनुस् । १० मिनेटपछि मनतातो पानीले ओठ सफा गर्नुस् । त्यसपछि ओठमा लिप गार्ड लगाउनुस् ।

कांक्राको जुस
काँक्रो काट्नुस् र पेष्ट बनाउनुस् । यसको टुक्राबाट जुस निकाल्नुस् । काँक्राको जुस ओठमा लगाएर २० मिनेटपछि मन तातो पानीले ओठ सफा गर्नुस् ।
मक्खन र घिउ
रातिमा सुत्नु अघि ओंठमा मक्खन र शुद्ध घिउले मजाज गर्नुस् ।
प्रयाप्त पानी
दिनमा कम्तिमा १० गिलास पानी पिउनुस् जसले गर्दा ओंठमा चिसो कायम हुन्छ र ओठ फुट्दैन ।
Powered by Blogger.