ads

ads
ads

यी अनाथ दाजुबहिनिहरुलाई सहयोग गर्ने कि !!!

 मोरङ बबियाबिर्ता १ का यी दाजु बहिनीहरु हप्तामा खाना खर्च जुटाउन तीन दिन गाउँमै मजदुरी गर्छन । अनि आफनो पढने चाहना पुरा गर्न तीन दिन गाउँकै त्रिभुवन माविमा जान्छन । सात वर्ष पहिले नै आमा बाबुले छाडेपछि बिचल्लि मा परेपनि कठिन संघर्ष गर्दै पढन थालेका यि चार दलित अनाथहरुको पढेर असल नागरिक बन्ने धोको छ । अहिले १९ बर्षे दाजु यामबहादुर परियार र बहिनी १६ बर्षिया खेमकुमारी कक्षा १० मा पढदैछन । बाँकी १४ र १२ बर्षका दुई बहिनीहरु कक्षा ६ मा पढछन । गाउँकी महिला समाजसेबी हस्तमाया बस्नेतले उनिहरुलाई सकेको नैतिक संरक्षण गरिरहेकी छन । केही बर्षदेखी सडक किनारमा सानो बाँस र परालको दुई कोठे छाप्रोमा बस्दै आएका छन उनिहरु । उमेरसँगै भुँडीपनि बढदै गएको र खाना खर्च जुटाउन मजदुरी नगरि धर नपाउने हुनाले दाजु याम र बहिनी खेमले यसपाली एसएलसीको राम्रो तैयारी गर्न पाएका छैनन । धरान १ रत्नरोडका कृष्णप्रसाद श्रेष्ठले पाँच हजार बराबारको खाद्यन्न सहयोग गर्नुभयो उनीहरुको पढाईका लागि । उज्जवल भविश्य निर्माणकालागि तपाई पनि सोझै सानो सहयोग गर्न चाहनुहुन्छ कि ?
सहयोगका लागि सिधा सम्पर्क -
यामबहादुर परियार +९७७९८१९३५४९०९,
हस्तमाया वस्नेत     +९७७९८०७०९२२५०
                      (गणेश लम्साल को फेसबुक बाट )
Powered by Blogger.