ads

ads
ads

सन्दर्भ पृथ्वीनारायण शाहको


प्र.म ले पौष २७ लाई राष्ट्रिय एकता दिवस को रूपमा मनाउने प्रस्ताव बैठकमा पेश गर्नै लाग्दा हाम्रै एक मन्त्री ज्युले प्रतिवाद गरेर गोजिमै थन्काउन बाध्य बनाएको खबर सुनेर साह्रै दु:ख लाग्यो ।

हाम्रो पहिचानलाई स्थापित गर्ने,विभक्त राज्यहरू लाई एकीकृत गरि आजको सिङ्गो नेपालको सिर्जना गर्ने,वैरिको कु दृष्टिबाट मुलुकलाई जोगाउने महान व्यक्तीको आज अपमान हुदैछ ।
उनको योगदान र बलिदानिको अवमूल्यन गरिदैछ । सबैले बुझ्न जरुरी छ यदि पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए आज सायदै यो नेपाल रहने थियो,न त हामी नै । नेपाली भनेर गौरव गर्न पनि पाउने थिएनौं । उनकै बहादुरी र युद्ध कौशलताका कारण हामी लुतालङ्गडाले पनि छाती फुकाएर विर गोर्खालि भन्ने ठाउँ पाएका छौँ । यो पहिचान कै कारण कैयौं नेपाली दाजुभाइ हरुले राम्रो राम्रो ठाँउ र देशमा जागिर पनि खाईरहेका छ्न । उनले एकीकरण नगरेको भए सायद आज हाम्रो पहिचान गोराको गोजिमा विलय भई सक्ने थियो ।

अनि अर्को कुरो,हाम्रो राज्य खोसियो,पहिचान मेटियो भन्ने हरुले पनि बुझ्न जरुरी छ,प्रेम र युद्धमा सबै थोक जायज हुन्छ भन्छ्न । अझ राजनीति मा त साम,दाम,दण्ड,भेद सबै लागू हुन्छ भनेर तपाईंहरु नै फलाक्नु हुन्छ । फेरि किन अनेकन टिकाटिप्पणी ? पृथ्वीनारायण शाहले तपाईंको राज्य नखोसेको भए पनि गोरा ले त पक्कै गर्ने थियो । तपाईंको राजालाई नमस्कार गरेर त फर्किने थिएन होला पक्कै ! त्यसैले गहन विश्लेषण र अध्यन गरेर टिप्पणी गर्दा राम्रो होला । अर्को एउटा कुरो , तपाईं जसरी आफ्नो जन्मेको दिन लाई "बर्थडे" भनेर तामझाम का साथ मनाउनु हुन्छ नि त्यसै गरि आजको नेपाल "नेपाल " भएको दिन अर्थात जन्मेको दिन लाई पनि सम्झना स्वरुप "दिवस" घोषणा गरेर मनाउदा केही बिग्रन्न । अझ म त भन्छु मनाउनै पर्छ । चेतना भया !!
Powered by Blogger.