ads

ads
ads

आज बाट महिलाका लागि छुट्टै बस



जनवरी ४ , यु.ए.ई
सार्वजनिक बसमा पुरुष संगै बसेर यात्रा गर्दा महिला माथी हुने दुर्व्यवहार लाई मध्यनजर गर्दै आज बाट काठमाडौमा महिलाका लागि छुट्टै बस संचालन हुने भएको छ ।
बागमती यातायात व्यवसायी संघले तत्कालको लागि काठमाडौ को कलंकी देखि भक्तपुरको बालकोट सम्मको १४ किलोमीटर दुरिमा ४ वटा बस संचालन गर्ने भएको हो । कोचाकोच बसमा यात्रा गर्दा पुरुष बाट महिला माथि अत्याधिक दुर्व्यवहार र हिंसाजन्य गतिविधि हुनुका साथै बच्चा को आमाहरू माथी हुने समस्या लाई ध्यान दिदै अलग्गै बस संचालन को अवधारणा ल्याईएको बागमती यातायात व्यवसायी संघले जनाएको छ । हाललाई बसमा एक पुरुष चालक र एक महिला सहचालकको व्यवस्था गरिएको संघले जानकारी दिएको छ ।
Powered by Blogger.