ads

ads
ads

जातिय विभेदको घटना गुपचुप


 १८ पौष ,ओखलढुङ्गा
प्रहरीले जातीय विभेदको घटना लाई मिलापत्र गराएको छ । उपचार खर्च दिने शर्तमा  पीडकलाई माफी माग्न लगाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगा ले मिलापत्र गराएको हो ।
गत पौष  १५ गते सार्वजनिक धारा छोएको निहुँमा बरुणेश्वर गाविस कि लिलादेवी विक लाई कुटपिट गर्ने स्थानीय आमाछोरी विनिता राई र अस्मिता राई विरुद्ध १६ गते जिल्ला प्रहरी कार्यालय मा उजुरी दर्ता भएको थियो । तर प्रहरीले आरोपितलाई झिकाएर छलफल गरेपछि मिलापत्र गर्न दबाव दिएको पीडितले बताएका छन् । 'मिलेर बसे नै छिमेकमा राम्रो हुन्छ भन्दै मिल्न भनेकाले उपचार खर्च लिएर मिलेका हौँ ।' पीडितका पति भीमबहादुर विकले भने ।
आरोपितद्वयलाई प्रहरीले पुस १७ गते गिरफ्तार गरेको थियो । कुटपिटबाट घाइते लीलादेवीको सामुदायिक अस्पताल ओखलढुङ्गामा उपचार भएको छ । प्रहरीले नै एकपटक माफी दिन दबाव दिएकाले आफूहरूले प्रहरी कार्यालयमै मिलापत्रको कागज गरेको पीडित पक्षको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बर विकले दुवै पक्ष मिल्न तयार भएर आएकाले मुद्दा अगाडि नबढाएको बताए ।
Powered by Blogger.