ads

ads
ads

बलिवुडका धनी कलाकार को-को ?

 एजेन्सी – चर्चाको हिसाबले बलिउड जति माथि छ,कमाइका हिसावले पनि यो उत्तिकै माथि छ । बलिउडका कलाकारहरुले अभिनय गरेर नै मनग्गे आम्दानी गर्ने गरेका छन् ।

बलिउडका कलाकारहरुको कमाइको कुरा गर्दा सबैभन्दा अग्रपंत्तीमा आउँछन् बलिउड स्टार सलमान खान । यद्यपी बलिउडमा सबैभन्दा धनि कलकाकार सलमान खान हुन कि शाहरुख खान हुन् भन्ने विषयमा विवाद कायमै छ ।

अन्तर्राष्ट्रिय पत्रिका फोर्ब्सले गत वर्ष शाहरुखलाई भारतकै सबैभन्दा धनी कलाकारको संज्ञा दिएको थियो । तर भारतीय दैनिक पत्रिका टाइम्स अफ इन्डियाले यसप्रति असहमति जनाउँदै शाहरुखभन्दा सलमानसँग बढी सम्पत्ति भएको भन्दै धनी कलाकारको सूचिमा सलमानलाई राखेको थियो ।

गत वर्ष निश्चय नै शाहरुख अघि थिए तर यो वर्षको अवस्था फेरिएको छ । वास्तवमा धनी बलिउडकर्मीको सूचीमा सलमान र शाहरुखको नम्बर तलमाथि भइरहन्छ । टाइम्स अफ इन्डियाले लेखेको छ । उक्त पत्रिकाका अनुसार सलमानसँग करिब तीन अरब ९१ करोड रुपैयाँ बराबरको सम्पत्ति भएको पत्रिकाले जनाएको छ ।

किक,दबङ,दबङ–२ र एक था टाइगरजस्ता फिल्म सफल भएपछि सलमानको सम्पत्ति ह्वात्तै बढेको हो ।
उमेरले ७० टेकेपनि अभिनेता अमिताभ बच्चनले कमाइ गर्ने सवालमा अहिलेका चल्तीका कलाकारहरुलाई पनि पछि पारेका छन् । सलमानपछि सबैभन्दा धनी बलिउडकर्मीमा उनी दरिएका छन् ।

कुनै बेला अमिताभ बच्चन कर्पोरेसनमा सक्रिय रहँदा उनको आर्थिक अवस्थ सुधारिनुको सट्टा खस्किएको थियो । त्यत्तिकैमा उनले टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ सञ्चालन गर्ने अफर पाए । त्यस यता उनले आर्थिक अभाव देख्नुपरेको छैन । अमिताभसँग करिब तीन अर्ब २४ करोड रुपैयाँ बराबरको सम्पत्ति छ । उनी चलचित्र,बिज्ञापन तथा च्यारिटी सोबाट मोटो रकम लिन्छन् ।

फोर्ब्सले गत वर्ष शाहरुख खानलाई बलिउडका सबैभन्दा धनी कलाकारको दर्जा दिए पनि यस वर्ष उनको स्थान झरेर तेस्रोमा पुुगेको छ । उनीसँग अमिताभ बच्चनकोभन्दा केही लाख रुपैयाँ मात्र कम मूल्यको सम्पत्ति छ । उनीसँग ३ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति छ । उनको आम्दानीको मुख्य स्रोत अभिनय र विज्ञापन हो । क्रिकेट क्लब कलकत्ता नाइट राइडर्सका मालिकसमेत रहेका शाहरुखले यसबाट पनि आम्दानी गर्ने गरेका छन् ।

खेलाडी सिरिजका फिल्ममा काम गरी आरम्भमा चर्चा कमाएका अभिनेता अक्षय कुमारले सयभन्दा बढी फिल्ममा काम गरिसकेका छन् । पछिल्लो समय उनका कमेडी फिल्म एकपछि अर्को गर्दे सफल हुन थालेपछि यसले उनको आम्दानीलाई समेत ह्वात्तै बढाएको छ । उनीसँग दुुई अर्ब ७५ करोडको सम्पत्ति छ । विज्ञापनमा कमै काम गर्ने उनको आम्दानीको मुख्य स्रोत फिल्म नै हो ।

फिल्म खेलेबापत लिने पारिश्रमिकबारे सोधिने प्रश्नमा निकै उत्तेजित हुने नायिका हुन् - दीपिका पादुकोण । उनी सबैभन्दा बढी रकम असुल्ने बलिउड अभिनेत्रीका रुपमा चिनिन्छिन । त्यसो त पुरुष अभिनेतालाई पनि उनले बढी रकम असुलेर टक्कर दिँदै आइरहेकी छन ।

दीपिका बलिउडको पाचौं धनी कलाकार हुन । उनीसँग एक अर्ब सात करोड ५२ लाख रुपैयाँ सम्पत्ति छ ।
Powered by Blogger.