बोक्सी आरोपमा मलमुत्र खुवाउनेहरु पक्राउ
सिन्धुली : बोक्सा बोक्सीको आरोप लगाउँदै एकै परिवारका पाँच जनालाई मलमूत्र खुवाएर कुटपिट गर्ने नाइके पक्राउ परेका छन् ।
दुई साताअघि सिन्धुलीको क्यानेश्वर–९, का एकै परिवारका पाँच जनामाथि बोक्सीको आरोपमा दुव्र्यवहार गर्नेहरुका मुख्य नाईके राजमान थिङ्गलाई क्यानेश्वरबाटै प्रहरीले पक्राउ गरेको हो ।
दुई साताअघि सिन्धुलीको क्यानेश्वर–९, का एकै परिवारका पाँच जनामाथि बोक्सीको आरोपमा दुव्र्यवहार गर्नेहरुका मुख्य नाईके राजमान थिङ्गलाई क्यानेश्वरबाटै प्रहरीले पक्राउ गरेको हो ।
थिङ्गलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जिल्ला अदालतबाट म्याद थप गरी कारवाही अगाडी बढाएको प्रहरी निरीक्षक नरेशराज सुवेदीले बताए । ‘बोक्सा बोक्सीको आरोप लगाउने सबैको खोजी भइरहेको छ’, सुवेदीले भने, ‘अमानवीय व्यवहार गर्ने नाईकेलाई भने पक्राउ गरी कारबाही अघि बढाइसकिएको छ ।’
बोक्सीको आरोप लगाई दुव्र्यवहार गर्नेमाथि बोक्सी आरोप तथा महिला हिंसा विरुद्धको अपराध ऐन वमोजिम कारबाही गरिने बताइएको छ ।
निर्मम, अमानवीय र निन्दनीय कार्यमा संलग्न हुनेलाई अपराधको कसुर प्रमाणित भएमा मुलुकी ऐन अदलको महलको १० ‘ख’ अनसार ३ महिनादेखि २ वर्षसम्म कैद र ५ हजार २५ हजार जरिवाना तथा दुबै सजाय हुने व्यवस्था छ ।
निर्मम, अमानवीय र निन्दनीय कार्यमा संलग्न हुनेलाई अपराधको कसुर प्रमाणित भएमा मुलुकी ऐन अदलको महलको १० ‘ख’ अनसार ३ महिनादेखि २ वर्षसम्म कैद र ५ हजार २५ हजार जरिवाना तथा दुबै सजाय हुने व्यवस्था छ ।
फरार अन्य व्यक्तिलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट समेत विषेश टोली परिचालन गरिएको प्रनि सुवेदीले बताए । थिङ नेतृत्वको समुहले क्यानेश्वर–९ की सनिमाया थिङ, उनका पति सानुमान थिङ, बहिनी सन्जीमाया थिङ, आमा बुद्धिमाया स्याङ्तान र सनिमायाकी फुपु लिलामाया थिङलाई माघ २१ गते पशु र मानव मलमुत्र खुवाउँदै कुटपिट गरेका थिए ।