कण्डम महँगिदा सहवासमा समस्या !!!

मन मिलेपछि प्रेम जोडि, यौन साथी तथा दम्पतीहरुबीचको सम्भोग निशुल्क क्रियाकलाप हो र यो दैनिक जिवनको एक रोचक पाटो पनि हो ।

तर भेनेजुलयमा भने आफ्नै जिवनसाथी सँग सम्भोग गर्दा समेत आफ्नो सबै कमाई स्वाहा हुने देखिएको छ । कतिपयले त साथमा गाँठ नहुँदा सित्तैमा पाएको सहवास क्रिडामा समेत सहभागी हुन नपाउने अवस्थाको सिर्जना भएको छ ।
आफ्नै मान्छेसँग दुबैको राजिखुसीमा हुने निशुल्क सहवास समेत किन यति महंगो भएर हातै धुनुपर्ने अवस्था 
आयो त ? यसको कारण निकै रोचक छ । वास्तवमा कण्डमको मूल्य चुलिएपछि युवायुवतीहरुलाई
ठूलो मर्का परेको हो ।

गर्भपात समेत कानूनी रुपमै अवैध रहेको क्याथोलिक मुलुक भेनेजुयलाका युवा युवती तथा प्रौढहरु कण्डमको चुलिँदो भाउका कारण यौन क्रियाकलापमा पावन्दी लगाउन बाध्य भएका छन् । कण्डमको भाउ निकै चुलिनु र अझ बजारमा कण्डमको अभाव समेत देखिनुले यौनिक रुपमा सक्रिय युवायुवतीहरु निकै निरास बनेको बताइएको छ ।
दक्षिण अमेरिकामा सबैभन्दा धेरै एचआइभी संक्रमण रहेको भेनेजुयलामा कण्डमको मूल्य वृद्धि र अभावले किशोरावस्थामै गर्भ रहने तथा मृत्यु हुने घटनामा उच्च वृद्धि हुने विज्ञहरुले बताएका छन् ।
अर्थतन्त्र कमजोर बन्दै जानु तथा राजनीतिक अवस्था समेत उतारचढावपूर्ण हुँदा उपभोग्य वस्तुको मूल्य वृद्धि आकासिएको छ । मानिसहरु औषधि तथा खानेकुरा किन्नका लागि समेत बजारमा ठूलो लाइनमा लाग्नुपर्ने अवस्था छ ।
अब हुँदाहुँदा सम्भोगका लागि समेत लाइन लाग्नुपर्ने अवस्था आएको एकजना भेनेजुयलालीले बताएको ब्लुम्बर्गले उल्लेख गरेको छ ।
कण्डमको अभावको मौका छोपेर कतिपय अनलाइन सपिङ साइटहरुले राम्रै रकम कुम्ल्याइरहेका छन् । अनलाइन लिलामी गर्ने साइट मर्काडोल लिब्रेले ३६ प्याक त्रोजान्स कण्डमलाई ४ हजार ७ सय ६० बोलिभार्स अर्थात् झण्डै ७५ हजार रुपैयाँमा बिक्रि गरिरहेको छ । यो भनेको भेनेजुयलालीहरुको झण्डै औषत मासिक आम्दानी हो ।
Powered by Blogger.