अब मोबाइलबाटै गर्न सक्नुहुन्छ आफ्नो घरको सुरक्षा !!!

आजकल चोरीका घटना दिउँसै हुन थालेका छन् । खासगरी कामकाजी मानिसहरु कार्यालय गएको मौका छोपेर चोरले दिउँसै धनमाल लट्टीपट्टी पारिदिने गरेको छ । जब बेलुकी घर पुग्दा चोरीबारे थाहा हुन्छ तव, पुर्पुरोमा हात राख्नुको बिकल्प हुँदैन ।
तर, प्रबिधिको जमानामा अब तपाईले आफ्नै मोबाइलबाट निरन्तर घरको निगरानी राख्न
सक्नुहुन्छ र चोरी छिर्नासाथ प्रहरीलाई खवर गरेर
ठाउँको ठाउँ पक्राउ गराउन पनि सक्नुहुन्छ ।

आखिर कसरी ?
मानिसका दैनिकीलाई सहज बनाउने गरी बिकाश भएका स्मार्टफोन एप्सले अब तपाईको घरलाई चौविसै घण्टा निगरानीमा राख्ने छ र तपाई जुनसुकै ठाउँमा भएपनि घरको लाइभ मोनिटरिङ गर्न सक्नुहुन्छ ।
हालै सार्वजनिक भएको ‘मेनीथिङ‘ एपले आफ्नो आइफोनमा डाउनलोड गरेर यस्तो सुबिधा लिन सकिन्छ ।

यसका लागि तपाईसँग दुईवटा आइफोन हुनु जरुरी हुन्छ । एउटा आइफोन घरमा निगरानीका लागि राख्ने जसले सीसीटीभीको काम गर्ने छ । र, अर्को आइफोन आफैसँग बोक्ने जसमा तपाईले घरको दृष्य हेर्न पाउनुहुनेछ ।
तपाईले घरमा सुरक्षा चाहेको बहुमूल्य बस्तु खिचिने गरी क्यामेरा कुनै ठाउँमा राख्न सक्नुहुन्छ । जब क्यामेरामा कुनै वस्तुको हलचल गरेको देखिन्छ, तव यो एपले तुरुन्तै तपाईको मोबाइलमा नोटिफिकेसन पठाउँछ र लाइभ भिडियो हेर्न सकिन्छ ।
यदि सीसीटीभी क्यामेरा बनाइएको आइफोन नै चोरले चोरिदियो भने पनि चिन्ता लिनु पर्दैन । किनकी खिचिएका तस्वीर एपले सर्भरमा स्टोर गर्छ र तपाईंले सजिलै चोरको पहिचान गर्न सक्नुहुन्छ ।यो एप एउटामात्र क्यामेरा प्रयोगको प्रयोजनलाई निःशुल्क उपलब्ध हुन्छ । यदि तपाईले एकभन्दा बढि क्यामेरा प्रयोग गर्नुहुन्छ र १२ घण्टाभन्दा बढिको भिडियो रेकर्ड स्टोर गर्न चाहानुहुन्छ भने पैसा तिर्नुपर्ने छ ।
एप तत्कालका लागि आइफोनमा मात्र चल्छ । तर, निर्माता कम्पनीले एन्ड्रोइडका लागि पनि काम भइरहेको निकट भबिष्यमै सार्वजनिक गरिने बताएको छ ।
Powered by Blogger.