ads

ads
ads

मृगौला फेल भएका सुभाषलाई दलित एकता संजाल नेपालको सहयोग

१३ मार्च,युएई ।
तीन महिना सम्म कतारको एक अस्पतालमा थलिएर स्वदेश पठाईएका पोखरा रानिपौवाका मृगौला रोगी सुभाष परियारको उपचारर्थ संकलित नेपाली रुपैयाँ १ लाख ७७ हजार ५ सय ५४ रुपैयाँ दलित एकता संजाल नेपाल युएई ले बुधबार दुबईमा एक कार्यक्रमको आयोजना गरि स्वदेश पठाएको छ ।
कतार स्थित एक रेस्टुरेन्टमा काम गर्दागर्दै स्वास्थमा गम्भिर समस्या देखिएपछी कम्पनीको सहयोगमा उनलाई अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालले दुवै मृगौला काम नलाग्ने भएको बताएपछि कम्पनीले  एक महिना अघि नेपाल फिर्ता पठाएको हो । सुरुवात देखिनै उनलाई सहयोग गर्दै आएको दलित एकता संजालले विस्वभरका नेपाली हरुलाई उनको उपचार का निम्ति सहयोग गर्न आग्रह गर्दै आएको छ ।
वैदेशिक रोजगारीको क्रममा २ वर्ष अघि कतार पुगेका  २२ वर्षिय सुभाष ४ महिना अघि कतारमै कार्यरत रहँदा मृगौला बिरामी भइ स्वदेश फिर्ता पठाइएका थिए  । पोखराको मणिपाल अस्पतालमा उपचाररत सुभाषको घरायसी आर्थिक अवस्था एकदमै नाजुक रहेको छ । उनको उपचारर्थ सहयोग जुटाउन सुभाष बचाउ अभियान नै संचालन गरि रहेको दलित एकता संजाल नेपाल मार्फत अन्य देशहरू बाट समेत सहयोग संकलन जारी रहेको संजाल युएई का सचीव चित्र नेपाली ले बताए ।
सानैमा बाबू बिते पछि आमा र एउटा भाईको पालन पोषणको अभिभारा पूरा गर्न विदेशिएका सुभाष  आफैको यो हालत भएपछी वृद्ध आमा र भाईको आँखाबाट आँसु रोकिएको छैन । अस्पतालले दुवै मृगौला फेल भएको हुँदा प्रत्यारोपण गर्नु पर्ने बताएको छ । जसको निम्ति कम्तिमा १५ देखि २० लाख रुपैयाँ सम्म खर्च लाग्ने बताईन्छ । आफ्नो निजि घर समेत नभएका सुभाषको परिवारमा परेको बज्र टार्न सबैलाई सहयोग गरिदिनुहुन दलित एकता संजाल नेपालले आग्रह समेत गरेको छ ।
Powered by Blogger.