व्हाट्स एपबाट कसरी भ्वाईस कल गर्ने ?

हिजो सम्म तपाई स्काईप,भाईबर,म्यासेन्जर,लाईन आदि बाट अनलाईन वार्तालाप गर्दै हुनुहुन्थ्यो होला । तर अब यदि तपाईं व्हाट्स एपको प्रयोगकर्ता हुनुहुन्छ भने यसबाट समेत गुणस्तरीय कल गर्न सक्नु हुनेछ ।

विश्वभर ७० करोडभन्दा बढी प्रयोगकर्ताहरु बनाउन सफल संसारको सबैभन्दा लोकप्रिय म्यासेजिङ् एप वाट्स्एप एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरुका लागि भोइस कलिङ् फिचर उपलब्ध गराएको हो ।

यदि तपाई एन्ड्रोइड फोन प्रयोगकर्ता हुनुहुन्न भने यो यो फिचर प्रयोग गर्न अरु केही समय प्रतीक्षा गर्नुपर्ने हुन्छ । एन्ड्रोइड प्रयोगकर्ताको प्रतीक्षाको घडिभने समाप्त भएको छ । भोइस कलिङ्को फिचर प्रयोग गर्नका लागि तपाईले वाट्स्एपको पछिल्लो अप्डेट इन्स्टल गर्नुपर्ने हुन्छ । तर, यो फिचर प्रयोग गर्न अन्य अप्डेट गरेजस्तो सजिलो भने छैन । त्यसैले तपाईँको स्मार्टफोनमा यस फिचर प्रयोग गर्नका लागि तल प्रस्तुत गरिएका चरणहरु पालन गर्नुपर्नेछ -

१. वाट्स्एपको वेबसाइटबाट वाट्स्एपको लेटेस्ट भर्सन डाउनलोड गर्नुहोस् । वाट्स्एपको वेबसाइटमा २.१२.७ भर्सन लेटेस्ट भर्सनको रुपमा राखिएको छ । यदि तपाईँले गुगल प्ले स्टोरबाट डाउनलोड गर्नुहुदैछ भने तपाईँको डिभाइसमा २.११.५६१ भर्सन छ कि छैन जाँच गर्नुहोस् । योभन्दा पुरानो भर्सले सबै युजरका लागि भोइस कलिङ् फिचर सपोर्ट गर्दैन ।

२. तपाईँले आफ्नो एन्ड्रोइड फोनमा लेटेस्ट भर्सन इन्स्टल गरिसकेपछि वाट्स्एप कलिङ् इनेबल गरिसकेको कसैको फोनबाट तपाईँको फोन नम्बरमा वाट्स्एप कल गर्न लगाउनुहोस् ।

३. वाट्स्एप कलिङ् एक्टिभेट गर्न तपाईले उत्त कल रिसिभ गर्नुपर्ने हुन्छ र कल एन्ड गर्नुअघि केही सेकेन्ड पर्खनु पर्नेछ । धेरै युजरहरुले मिस्ट कलले काम नगरेको जानाएका छन् ।

४. जब तपाईँको स्मार्टफोनमा यो फिचर एक्टिभेट हुन्छ तब तपाईँले नया वाट्स्एपमा तीन वटा ट्याब भएको लेआउट देख्नुहुनेछ । पहिलो ट्याब कलको लागि, दोस्रो च्याटको लागि र तस्रो कन्ट्याक्टको लागि ।

यति ४ वटा चरणहरु पार गरेपछि तपाईँको एन्ड्रोइड फोनबाट वाट्स्एप भोइस कल गर्न सक्नुहुनेछ । वाट्सएपले १ वर्षसम्म सबै प्रयोगकर्ताले निःशुल्क यो फिचर प्रयोग गर्न सक्ने र एकवर्षपछि भने वर्षको ०.९९ डलर (लगभग रु १००) तिर्नुपर्ने जनाएको छ ।
Powered by Blogger.