अनतत: प्रहरीले एसिड आक्रमण गर्ने अपराधी पकडेरै छाड्यो ।

काठमाडौं : दुई किशोरीमाथि एसिड हान्ने युवालाई प्रहरीले शुक्रबार काठमाडौंमा सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा प्रहरीले प्रेममा धोका पाएकै कारण जीवनले संगीतामा माथि एसिड हानेको तथ्य बाहिर ल्याएको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा आयोजित पत्रकार सम्मेलनमा रामेछापको फुलासी गाविसका २० वर्षीय जीवन विकले प्रेमका धोका पाएपछि एसिड हानेको तथ्य प्रहरीले सार्वजनिक गरेको हो ।

विकले किशोरी संगीता मगरलाई २०६९ देखि मन पराउँदै आएको र परिवारले उक्त कुरा थाहा पाएपछि उनीहरुबीचको प्रेम भाँडिएको खुल्न आएको छ ।

‘शुरुमा जीवनले आफ्नो नाम जीवन खड्का बताएको र पछि जीवन विक भन्ने कुरा संगीताले थाहा पाएपछि उनीप्रति हेयभाव देखाएकी थिइन्’, महानगरीय प्रहरी आयुक्त एआईजी विज्ञानराज शर्माले भने, ‘जीवनले थर ढाँटेर आफूसँग प्रेम गरेको थाहा पाएकी संगीता टाढिएपछि बदला लिन एसिड हानिएको अनुसन्धानबाट खुलेको छ ।’

संगीता र जीवनको प्रेमसम्बन्धबारे संगीताका भाइ सन्तोष मगरले थाहा पाएर परिवारलाई बताएपछि दुबै परिवारबीच पटक पटक झगडा समेत भएको खुलेको छ ।

संगीताका परिवारले समेत दुबैको प्रेम प्रकरणका क्रममा जीवनलाई दुव्र्यहार गरेको तथा संगीताले समेत जीवनका बुवालाई हातपात गरेकै कारण उनले बदला लिन एसिड हानेको तथ्य प्रहरीले बाहिर ल्याएको हो ।

संगीताले आफूलाई सुन्दरी भएको बताउँदै जीवनलाई हेपेपछि उनको सौन्दर्यमा क्षति पुर्‍याउन जीवनले एसिड छ्याप्ने योजना बनाएका थिए । जीवनले एसिड हान्ने योजना अनुसार न्यूरोडको एक ब्याट्री पसलबाट हर्लिक्सको शिशीमा एसिड किनेर ल्याएका थिए ।

****यसरी हानियो एसिड****

प्रहरीसँगको बयानमा जीवनले संगीताबाट धोका पाएपछि आफूले एसिड हानेर उनको सुन्दरता विगार्ने योजना बनाएको बयान दिएका छन् । उनले भारतीय टेलिभिजन हेरेर एसिड हान्ने योजना बनाएको प्रहरीसँग बताएका हुन् ।

घटना हुने दिन फागुन १० गते बिहान जीवन टोखास्थित डेराबाट माइक्रो बस चढेर बसन्पुरको झोंछेस्थित संगीताको डेरामा पुगेका थिए । बिहानको समयमा सडक चकमन्न देखेपछि उनी झोँछेबाट बसन्तपुरतर्फ हान्निएका थिए । संगीताले ट्युसन पढिरहेको जानकारी पाएपनि जीवनले त्यो बेलासम्म ट्युसन सेन्टर भने पत्ता लगाउन सकेका थिएनन् ।

बसन्तपुरमा हिँड्दै गर्दा ए प्लस ट्युसन सेन्टरमा बत्ती बलिरहेको देखेपछि उनी त्यतै मोडिएका थिए । उनले ट्युसन सेन्टरको ढोका खोलेर हेरेपछि संगीतालाई देखेका थिए । संगीतासँगै अर्की किशोरी हेमु मुखर्जी पनि सँगै थिइन् । त्यहीबेला एक्कासी सीमा बस्नेत ट्यूसन सेन्टरमा प्रवेश गरिन् ।

सीमा ट्युसन सेन्टरमा पसेपछि तीनैजना किशोरी बसिरहेको बेन्च अगाडि पुगेर जीवनले हर्लिक्सको बोत्तलमा राखेको एसिड संगीतालाई लक्षित गरेर हाने ।

****एसिड हानेर यसरी भागे****

संगीतालाई एसिड हानेपछि उनी ट्युसन सेन्टरबाट बसन्तपुर हुँदै टोखास्थित डेरामा पुगी खाना समेत खाएर सुतेका अनुसन्धानबाट खुलेको छ । एसिड हानेको घटनाले देशभर खैलाबैला मच्चिरहँदा उनी सो घटनाबारे छापिएका समाचार पढ्दै १० दिनसम्म काठमाडौंमै घुमेका थिए ।

प्रहरीले घटनाको अनुसन्धान थाल्दै एसिड आक्रमणकारीको खोजी गरिरहँदा उनले फागुन २० गते मात्रै काठमाडौं छाडेका थिए । फागुन २० गते काठमाडौंबाट काकडभिट्टा हुँदै फागुन २३ गते आफू सिक्किम पुगेको बयान जीवनले प्रहरीलाई दिएका छन् ।

एसिड हानिएपछि डढेर कालो भएका डेस्क बेन्च
केही दिन सिक्किमा डुलेपछि उनी फागुन २७ गते पुनः काकडभिट्टा हुँदै २९ गते काठमाडौं फर्केका थिए । आफूलाई प्रहरीले पक्रने कुरामा भने निश्ति थियो भन्ने कुरा उनले प्रहरीलाई बताएका छन् ।

Powered by Blogger.