आज ५० औं अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवस मनाइँदै

२१ मार्च ।
आज  मार्च २१ , अर्थात्  ५० औं अन्तरास्ट्रिय जातीय विभेद तथा रंगभेद विरुद्धको दिवस विश्व भरी नै विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदै छ ।

संयक्त राष्ट्र संघले सन् १९६५ मा जातीय विभेद उन्मुलन सम्बन्धि महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मुलन दिवसको रुपमा मनाउने घोषणा गरे पनि नेपालले भने सो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो । तर यो दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ । यसवर्ष पनि जातिय भेदभाव अन्त्यका लागि चेतना जगाउने उद्देश्यका साथ विभिन्न जिल्ला र ग्रामीण स्तरमा समेत विभिन्न कार्यक्रम आयोजना हुदैछन ।

जातिय भेदभाव गर्न नपाईने स्पष्ट कानुनी व्यवस्था भएपनि पछिल्लो समय जातिय भेदभाव तथा छुवाछुतका घटना वृद्धि भइरहेको भन्दै भावी संविधानमा दलित समुदायका अधिकारलाई सुनिश्चित गर्नुपर्ने अधिकारकर्मीहरुको माग छ ।

छुवाछूत अन्त्यका लागि  कडा कानुन बनाएर कार्यान्वयनमा ल्याउनु पर्नेमा समेत अधिकारकर्मीले जोड दिएका छन् । नेपाललाई वि.स. २०६२ र ०६३ को जनआन्दोलन पछि पुनस्थापित संसदले २०६३ साल जेष्ठ १६ गते छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो ।

Powered by Blogger.