ads

ads
ads

प्रसङग एसिड आक्रमणको‬

‪बसन्तपुर काण्डमा संलग्न अभियुक्तको पक्राउ संगै एकाथरी बाट नयाँ बहस शुरु भएको छ । विशेषत: केही दलित अधिकारको क्षेत्रमा कृयाशिल संघ-संस्था र व्यक्तिहरु उक्त घटनाको मुख्य कारक जातिय विभेदलाई मान्दै प्रसङ्गलाई अलिकति तोडमोड गर्ने क्रममा हुनुहुन्छ ।
हुन त प्रहरीको प्रारम्भिक अनुसन्धानबाट त्यसमा केही हदसम्म सत्यता भएको खुलेको पनि छ । यद्यपि वि.क भाईले गरेको अक्षम्म अपराध लाई नजरअन्दाज भने गर्न हुँदैन । यहाँ कारकलाई मुख्य दोष देखाएर त्यसको पछि दौड्नु भनेको भोलिको दिनमा यस्तै विकृत मानसिकता भएकाहरुलाई यो भन्दा क्रुर अपराध गर्न अभिप्रेरित गर्नु हो । जातिय विभेदको सन्दर्भमा एउटा विशेष कानुन बनेको छ । खैर सजाय र कार्यन्वयन आफ्नो ठाउँमा छ तर एसिड आक्रमण जस्तो पिशाची हर्कतलाई रोक्न हाम्रो भुमिका खोइ ? बरु उल्टै अभिप्रेरित गर्ने किसिमका अभिव्यक्ति हरु दिएर किन उत्साहित बनाउँदै छौँ ?

Powered by Blogger.