काठमाडौमा विमान दुर्घटना,ठूलो क्षतिहुन बाट जोगियो

फागुन २०, काठमाडौं । 
टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ ।
२ सय ४८ यात्रु सवार जहाज दुर्घटना भएपनि सबै सकुशल छन् । उनीहरुलाई  आपतकालीन ढोकाबाट बाहिर निकालिएको छ ।
जहाजमा सामान्य क्षति भएको छ । बाँया पाङ्ग्रा पंचर भएपछि धावनमार्ग छोडेर बायाँतर्फ पुगेको जहाज अहिले पनि धावनगमार्गको चौरमा छ । बिहान पौने ८ बजे काठमाडौंस्थित त्रिभूवन विमानस्थलमा अवतरणका क्रममा टीके ७२६ फ्लाइटको विमान रनवे बाट चिप्लिएको हो । काठमाडौंको मौसम समान्यत: सफा नरहेकाले
भिजिबिलिटी कम हुदा दुर्घटना भएको हुनसक्ने विमानस्थल स्रोतले जनाएको छ ।
पछिल्ला दिन मौसममा खरावी हुँदा काठमाडौंबाट हुने उडान केही दिनयता प्रभावित हुँदै आएका छन् । टर्किस एयर काठमाडौं आउने सबैभन्दा लामो दूरीको जहाज हो । जसको उडान अवधि ७ घण्टाको रहेको छ । सो विमानले गत सेप्टेम्बर १ देखि नेपालमा उडान अनुमति लिएको थियो । नेपाल–टर्कीबीच सन् २०१० मा हवाई सम्झौता भएको थियो ।
Powered by Blogger.