ads

ads
ads

तपाईंको मोबाईलमा नेपाली पढ्न मिल्दैन ? अब पिर नगर्नुहोस् ।

पछिल्लो    समय     फेसबुक, म्यासेन्जर,अनलाईन समाचार  जस्ता साईट प्रयोग गर्दा नेपाली उपभोक्ताहरु कम्प्युटर भन्दा बढी मोबाईल प्रयोग गर्ने गरेका छन । 

जसको लागि विभिन्न वेभ ब्राउजरहरु प्रयोग गरिन्छ । कत्तिले नेपाली फन्ट सपोर्ट नगरेर हैरानी भोगिरहनु परेको होला । तिनै मध्येको एक हो  Opera Mini. यो प्रख्यात Browser हरुमा पर्छ र यसमा एउटै समस्या  छ । त्यो हो सबै देशका Font हरु Reading गर्न नमिल्ने । हामीलाई अरु Font reading गर्न मिलोस या निमिलोस तर नेपाली Font भने अती आवश्यकता हुन्छ , खासगरी Facebook चलाउँदा ।

प्राय साथीहरुले Opera Mini चलाइराख्नु भएको होला । Nepali Font  पढ्न नमिलेर दिक्क हुनु भएको हुन सक्छ । यहि समस्यालाई मध्यनजर गरेर यहाँ केहि टिप्सको चर्चा गरेको छु । जुन तपाईका लागि सहायक बन्न सक्छ ।
१. सबैभन्दा पहिला तपाइंले आफ्नो Device
बाट Opera Mini लाई खोल्नुस ।


२. त्यहाँ Opera Mini को Address bar मा (Config:) Type गरेर Ok गर्नुस ।

३. त्यसपछी त्यहाँ Opera Configuration Page खुल्नेछ र त्यस Page को अन्तिमतिर हेर्नुहोस ” Use
bitamp fonts for complex scripts ” लेखेको Option देख्नुहुनेछ त्यहाँ “No” बाट “Yes” बनाउनुहोस ।


४. अन्त्यमा “Save” गर्नुहोस ।

अब देखी Opera Mini ले Nepali font Support गर्नेछ र तपाईं सजिलै नेपाली अक्षर पढ्न सक्नुहुनेछ धन्यबाद ।
Powered by Blogger.