ads

ads
ads

अबुधाबिबाट उड्यो तेल बिनै उड्ने विमान

अबुधाबी । सौर्य उर्जाबाटमात्र चल्ने संसारकै पहिलो सोलार इम्प्लस-२ प्लेन सोमबार अबुधाबीबाट उडेको छ ।
सोमबार बिहान सौर्यउर्जाबाट चल्ने सो प्लेन अबुधाबीबाट दुनियाँको यात्रामा निस्केको हो । तेलको प्रयोगविना चल्ने कुनै पनि प्लेन पहिलो पटक उडेको हो ।
अबुधाबीबाट उडेको यो प्लेनले यात्राका क्रममा १० घण्टामा ओमानस्थित मस्कट पुग्ने अपेक्षा गरिएको छ । प्लेन म्यान्मार, भारत, हवाई, चीन, न्यु योर्कसम्म पुगेर पुन: अबुधाबीमै फर्कने छ ।
सोलर इम्पल्सलार्इ बनाएका पाइलट आन्द्रे बोर्सबर्गले यो एक सिटे प्लेनलार्इ अल बतिन एयरपोर्टबाट उडाएर यात्रामा निस्केका हुन् । पंखामा सोलार प्यानल जोडिएको यो प्लेन दुबै पाइलटले १२ चरणमा उडाउने कार्यक्रम छ ।
विश्व यात्राका क्रममा यो प्लेनलार्इ बनाउने अर्का पाइलट बरट्र्यान्ड पिकार्डले पनि उडाउने छन् । स्विट्जरल्यान्का यी दुबै पाइलटका अनुसार तेल प्रयोगबाट हुने प्रदुषण रोकी वातावरण सफा बनाउनका लागि जनचेतना फैलाउन यो प्लेन बनाइएको हो ।
लाइटवेट सोलर इम्पल्स-२ पाँच वर्षसम्म उडान भरिसकेको सिंगल सिटे प्रोटोटाइपको ठूलो रुप हो । यो कार्बन फाइबरबाट बनेको छ । यसमा लामो समयसम्म सौर्य उर्जा बचत गर्ने शक्तिशाली  ब्याट्री लगाइएको छ । जसले प्लेनलार्इ उडान भर्दा उर्जा दिने काम गर्छ ।

सोलर ब्याट्री लिथियम पोलिमर ब्याट्रीबाट रिचार्ज हुन्छ । कम्पनीका अनुसार यो प्लेन ७२ मिटर लामो छ । जुन बोइङ ७४७ भन्दा लामो हो । यो प्लेनको तौल एउटा कारको बराबर करिब २३ सय किलो रहेको छ ।
Powered by Blogger.