बलात्कारीलाई बन्ध्याकरण गर्न निर्देशन

काठमाडौँ, बैशाख ३–व्यवस्थापिका–संसद्, महिला बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिले आजको बैठकमा बलात्कारीलाई कडा सजायको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिका सभापति रञ्जुकुमारी झाका अध्यक्षतामा भएको बैठकले बालिका बलात्कारका अपराधीलाई कडाभन्दा कडा सजाय दिने विकल्पका रूपमा ‘केमिकल क्यास्ट्रेसन’(रासायनिक बन्ध्याकरण)लाई कानुनी व्यवस्था गर्न पनि निर्देशन दिएको छ । रासस

Powered by Blogger.