ads

ads
ads

वाइफाई हटस्पोट बनाउन ‘भर्चुअल राउटर’ सेटअप कसरी गर्ने

भर्चुअल राउटर एउटा एस्तो सफ्टवेयर हो, जसले वाइफाई हटस्पोट वातावरण बनाउँछ । भर्चुअल राउटर फ्री एड ओपन सोर्स सफ्टवेयरमा आधारित रहेको राउटर हो, जुन विन्डोज ७, विन्डोज ८, विन्डोज सर्भर २००८ च २ मा प्रयोग गर्न सकिन्छ । यसको प्रयोगबाट युजरले जस्तो पनि वाइफाई डिभाइसहरू (जस्तै ल्यापटप, स्मार्टफोन, आइफोन) बाट ताररहित (वायरलेस) जस्तो पनि इन्टरनेट कनेक्सन (वाइफाई, ल्यान, डायलअप आदि) गर्न सकिन्छ ।

यी वाइफाई डिभाइसहरू एसेस पोइन्टमा कनेक्ट भएजसरी नै राउटरमा कनेक्ट गरिन्छ, जुन कनेक्सन एकदमै सुरक्षित हुन्छ । किनकि, यसले WAP 2 इन्क्रिप्सन प्रयोग गर्दछ ।

भर्चुअल राउटर कहाँकहाँ प्रयोग गर्न सकिन्छ त ?

यसको प्रयोग जहाँ पनि गर्न सकिन्छ, जस्तै घर, अफिस, स्कुल, एयरपोर्ट, बसपार्क आदि । यसको प्रयोग जहाँ पनि गर्न सकिन्छ, जस्तै घरमा, अफिसमा, स्कूलमा, एरपोर्टमा, बस स्टटेसनमा, पार्कमा इत्यादि र भर्चुअल राउटर फ्री मात्र नभएर यसले अरु सिमिलर एप्लिकेशनजस्तो एड्भर्टिजमेन्टबाट युजरलाई वाक्क लाउने छैन । यसको अर्को विशेषता भनेको यो एड्सपोर्टेड नभएकाले यसले हाम्रो वेब ट्राफिक ट्रयाक गर्दैन । तपाईं आफ्नो भर्चुअल वायरलेस नेटवर्कलाई आफूले चाहेअनुसारको नाम दिन सक्नुहुन्छ र पहिलोचोटि भर्चुअल राउटर रन गर्दा पासवर्ड फिल्ड ब्लांक हुन्छ । यो युजरलाई डिफल्ट भ्यालु युज गर्नुको साटो आफ्नै पासवर्ड राख्नलाई प्रेरित गरेको हो, जसले सेक्युरिटी बढाउन धेरै मद्दत गर्छ । यो फ्रि एन्ड ओपन सोर्स भएकाले यसको सोर्स कोड पनि www.virtualrouter.codeplex.com बाट नि:शुल्क डाउनलोड गर्न सकिन्छ ।
कसरी इन्स्टल गर्ने ?

सुरुमा तपाईंले भर्चुअल राउटर डाउनलोड गर्नुपर्ने हुन्छ, जुन www.virtualrouter.codeplex.com  बाट गर्न सकिन्छ । डाउनलोड भइसकेपछि यसलाई इन्स्टल गर्नुहोस र यसको इन्ष्टलेसन सजिलो छ । तपाईंले तीनपटक नेक्स्ट क्लिक गर्नुपर्ने हुन्छ र इन्स्टल भइसकेपछि बाई डिफल्ट भर्चुअल राउटर ओपन हुन्छ । तर घरीघरी इन्स्टल भइसकेपछि पनि प्रोग्राम अटोमेटिकल्ली नखुल्न सक्छ । त्यस बेलामा यसलाई स्टार्ट मेनुमा सर्टकर्ट राखेर म्यानुअल्ली खोल्न सक्नुहुन्छ । अझै तपाईंको भर्चुअल राउटर खुलेन भने तपार्इं आफ्नो सिष्टमलाई रि–स्टार्ट गरेर फेरि माथिको तरिकाले प्रयास गर्नुहोस् ।

सेटअप गर्ने तरिका :

तपाईंले भर्चुअल राउटरबाट सेयर गर्न चाहनुभएको इन्टरनेट कनेक्शनलाई कनेक्ट गर्नुहोस् र भर्चुअल राउटर प्रोग्रामलाई खोल्नुहोस् । त्यहाँ आफूले चाहेअनुसारको नेटवर्कको नाम र पासवर्ड दिनुहोस् ।
तपाईंले सेयर गर्न चाहनुभएको इन्टरनेट कनेक्शन चुज गर्नुहोस् र यसलाई स्टार्ट गर्नलाई start virtual router मा क्लिक गर्नुहोस् । यदि तपाईंलाई भर्चुअल राउटरलाई स्टप गर्नुछ भने stop virtual router मा क्लिक गर्नुहोस् ।

नोट : यदि तपाईंको प्रोग्रामले भर्चुअल राउटर स्टार्ट गर्न सक्नुभएन भने तपार्इं आफ्नो कम्प्युटरलाई रि–स्टार्ट गरेर फेरि माथिको प्रक्रिया अपनाउन सक्नुहुन्छ । अझै तपाईंको भर्चुअल राउटर स्टार्ट भएन भने दुर्भाग्यवशा तपाईंको वाइफाई डिभाइसले भर्चुअल वाइफाई टेक्नोलोजी सपोर्ट गर्न सक्दैन । त्यसैले, तपाई आफ्नो भर्चुअल राउटर सेटअप गर्न सक्नुहुने छैन ।
Source: livingwithict.com
Powered by Blogger.