ads

ads
ads

मुगुमा दलितलाई मन्दिर प्रवेशमा रोक,प्रजिअलाई समेत टेरेनन

वैशाख १२- लोकतन्त्र दिवसको अवसरमा पुजाआजाको निम्ति मन्दिर पुगेका प्रजिअ सहितको एक दलित टोलिलाई स्थानियले कानुनी राज्यको धज्जी उडाउँदै लोकतन्त्रको उपहास गरेका छन ।

मुगु सदरमुकाम नजिकै रहेको चैनगाउँ स्थित  छायाँनाथ मन्दिरमा पुजाआजाका निम्ति पुगेको प्रजिअ नेतृत्वको दलित तथा स्थानीय राजनीतिक दलसहितको टोलीलाई स्थानिय केहि अहङ्कारवादी व्यक्तिको उक्साहटमा लागेर गैरदलितहरुले प्रतिकार गर्दै प्रवेशमा रोक लगाएका हुन ।

जिल्ला स्थित दलित सामुदायिक विकास केन्द्रको समन्वय र प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जातिय भेदभाव तथा छुवाछुत अन्त्य तथा दलित अधिकार प्रवर्द्धन संयन्त्र मुगुको नेतृत्वमा नवौं लोकतन्त्र दिवसको अवसरमा आयोजना गरिएको कालिका मालिका तथा छायानाथ मन्दिर प्रवेश कार्यक्रममा गैरदलित हरुको प्रतिकारका कारण भाग दौड समेत मच्चिएको छ ।

मन्दिर प्रवेश कार्यक्रम विथोल्ने योजनाका साथ गरीएको प्रतिकारमा पर्दा जिल्लाका प्रमुख राजनितिक दलका प्रतिनिधि, प्रहरी प्रशासन समेत लखेटिएका छन् । उक्त अमानवीय हर्कतको अगुवाई सार्वजनिक पद धारण गरेका स्थानीय केहि सरकारी जागिरे व्यक्ती  र कथित उच्च ब्राह्मणवादी सोच भएका केही व्यक्तीहरुले गरेको र उनिहरुक उक्साहटमा लागेर स्थानियवासिले समेत प्रतिकार गरेको दलित अगुवा एवम दलित अधिकारकर्मीहरुले बताएका छन् ।

उक्त घटना पश्चात्  सो क्षेत्र दिनभर तनावपुर्ण बनेको थियो । विरोधमा स्थानीय गैरदलितहरुले हिजो बिहान करीब ११ बजे तिर सदरमुकाम गमगढी बजार बन्द गराउने देखि लिएर केड कर्णाली जनजिविका कार्यक्रमको कार्यलयमा समेत तोडफोड गरेका संस्थाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा छुवाछुत गर्न पाउनै पर्छ भन्ने नाराबाजीका साथ बजार र्‍याली गरि जिल्ला प्रशासन कार्यालय  घेराउ गरेका गरेका गैह्रदलितहरुले दलित अधिकारको सवालमा काम गर्ने दलित सामुदायीक विकास केन्द्र र केड कर्णाली जनजीविका कार्यक्रम मुगु लाई जिल्ला बाट खारेज गर्ने माग समेत गरेका छन् । केड कार्यालयमा कार्यरत दलित अधिकारकर्मी लिला टमटा र दुर्गा वि.क. लाई ज्यान मार्ने धम्की समेत दिएको उनीहरुले बताएका छन् ।

गैर दलितहरुको प्रतिकारका कारण मन्दिर प्रवेश  कार्यक्रममा सहभागि दलित अगुवाहरु रंगविर परियार, लिला टमटा, दुर्गा वि.क., पर्शुराम नेपाली, दानसिहं परीयार र धिरज नेपाली लगायत अन्य केही व्यक्ति स्वतन्त्र रुपमा हिजो दिनभर बजारमा निस्कन नसकेको र उनीहरु अहिलेपनि स्थानीय प्रशासनको सुरक्षामा कार्यालय भित्र नै रहेको बताइएको छ ।

नेपालको अन्तरिम संविधान २०६३ अन्तरगतको जातिय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ अनुसार जातपातको आधारमा कहिँ कतै कसैले कसैलाई पनि भेदभाव गर्न नपाईने व्यवस्था  छ । सार्वजानिक तथा निजि स्थानमा मा कसैले कसैलाई प्रवेशका लागि निषेध गरेमा वा रोक लगाइएमा त्यस्तो व्यक्ति लाई दोषी ठहराई सजायको समेत भागिदार बनाउने प्रावधान रहेको भएता पनि मुगुमा यस्तो घटना हुन पुगेको छ । यतिमात्रै होइन यस्तो घटना हुँदा पनि प्रशासन तथा अन्य अधीकारकर्मीहरु निरिह बन्न पुगेका हुन् ।

राज्यले तुरुन्तै उक्त नियोजित प्रकरणमा संलग्न हर कोहिलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कार्वाही गर्न आवश्यक छ ।

Powered by Blogger.