ads

ads
ads

अब नेपालीलाई अमेरिका जान पैसा नलाग्ने

१८ वैशाख , काठमाडौ ।
अमेरिकी श्रम तथा मानवअधिकार सहायकमन्त्री स्टेभन फिल्डस्टिन र नेपालका श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङबीच शिष्टाचार भेटवार्ता भएको छ ।

श्रम तथा रोजगार मन्त्रालय , सिंहदरबारमा भएको भेटवार्तामा अमेरिकी  सहायकमन्त्री फिल्डस्टिनले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले तिर्नुपर्ने मोटो रकम र कामदारका सेवा-सुविधाबारे छलफल भएको राज्यमन्त्री गुरुङले जानकारी दिए ।

फिल्डस्टिनले हालै नेपाल सरकार र इजरायल सरकार बीच निःशुल्क घरेलू कामदार लैजाने सहमतीमा सरकारले के कस्तो तयारी गरीरहेको भन्ने बारे पनि जिज्ञासा राखेका थिए । त्यसैगरी निजी संस्थामा हुने लैंगिक हिंसाका साथै अमेरिकामा निःशुल्क नेपाली किसान कामदार लैजाने सम्बन्धमा छलफल भएको जानकारी दिए ।

छलफलमा सहायकमन्त्री फिल्डस्टिनले अमेरिकाको क्यालिफोर्नियामा धेरै नेपाली मजदुर कृषि कार्यमा रहेको भन्दै निःशुल्क र थप मजदुर लैजान अमेरिका सकारात्मक रहेको जानकारी दिए । त्यसम्बन्धमा जेनेभामा हुने आईएलओ बैठकका अवसरमा निर्णयक वार्ता गर्न अमेरीका तयार रहेको स्टेभनले बताए ।

नेपाल सरकार र इजरायल सरकारबीच निःशुल्क घरेलु कामदार लैजाने सहमती भएपछि श्रम तथा रोजगार मन्त्रालयले कार्यविधि तयार गरी मन्त्री परिषदद्बारा  पनि अनुमोदन भई सकेको छ । त्यसकालागि आवश्यक प्रक्रिया चॉडै शुरु गर्ने तयारीमा श्रम तथा रोजगार मन्त्रालय लागेको मन्त्री गुरुङले बताए ।

Powered by Blogger.