दलित भित्रको कामी (विश्वकर्मा) जातिको बारेमा संक्षिप्त जानकारी

कामी (विश्वकर्मा) समुदाय नेपालको विभिन्न भागमा छरिएर रहेको पछाडी परीएको अहिलेको दलित समुदाय भित्र पर्ने जाती हो । फलामको काम गर्ने विश्वकर्मा , सुन वा चादीको गरगहना बनाउने सुनार र तामाको काम गर्ने टमटा गरी यो जातिलाई ३ भागमा विभाजन गरिएको छ ।

काम फरक भएता पनि यी तीन वटै समुदाय बिच नाता सम्बन्ध जोडीएको पाइन्छ । पछिल्लो समय सबैले यो वा त्यो काम नभनी सुन , फलाम , तामाको काम गर्ने गरेका छन । कामी जाती नेपालको अन्य दलित समुदायको तुलनामा केही अगाडी रहेको पाइन्छ । कामी समुदायले सम्पूर्ण संस्कार र संस्कृती हिन्दुहरु (ब्राम्हण्हरु) सरह नै मान्दै आएका छन । कामी समुदाय आफ्नो पूर्खर्यौली पेशा बाहेक कृषि र अन्य पेशामा समेत संलग्न हुने गरेका छन ।

कामी (विश्वकर्मा) जातिका थरहरु :

१. आग्री २. आचार्य ३. आफलधोती ४. ओड ५. कसरा ६. लोहार ७. कालीकोटे ८. कालीराज ९. कुमार्की १०. कैनी ११. कोली १२. कोइराला १३. खड्काथोकी १४. खपाङ्गी १५. खाती १६. गजमेर १७. गजुरेल १८. गदाइली १९. गदाल २०.गहतराज २१. गिरी २२. गोतामे २३. गावा २४. घताने २५. धमाल २६. घर्ती २७. घिमिरे २८. घामछत्ल २९. चुनार ३०. छिस्तल ३१. जाँडकामी ३२. टमटा ३३. ठगन्ना ३४. ठटरा ३५. नगरकोटी ३६. निरौला ३७. नेपाल ३८. पन्थी ४०. पल्लय ४१. पहरी ४२. पाध्यवती ४३. पार्की ४४. पोखरेल ४५. पोर्तेल ४६. पौडेल ४७. पौडेली ४८. बराईली बराल वराली ४९. वुचेभाले ५०. बाँस्कोटा ५१. श्रीपाली ५२. दियाली ५३. दुधराज ५४. भट्ट ५५. भट्टराई ५६. भुसाल ५७. भुल ५८. माहिलीपार ५९. महर ६०. रसाइली ६१. रहपाल ६२. राजीलौहार ६३. सापकोटा ६४. सुन्च्युरी ६५. सुनधुवा ६६. सिगाउरे ६७. सिजापती ६८. सेतीपार ६९. सेतीसुरुवाल ७०.सेतीमहर ७१.रामदाम ७२. रिजाल ७३. ल्वागुन ७४. साशंकर सदाशंकर ७५. शेरेला ७६. सोनाम ७७. हेमच्यूरी ७८. तिरुवा ७९. लाम्गादे ८०. सोव ८१. रुचाल ८२. हर्मेल ८३. दर्नाल ८४. बुढाथोकी ८५. लुहार ८६. दुलाल ।

गैरदलितसँग मिल्ने थरहरु :

ओली, अर्याल, कार्की, घिमिरे, रिजाल, खड्काथोकी, धमाल, चन्द, दुलाल, सिलवाल, खनाल, खपाग्ङी, खाती, गजुरेल, गिरी, गौतम, भट्ट, भट्टराई, पन्थी, पौडेल,लोहनी, थापा, शर्मा, शाह, वराल, लामिछाने, धामी, भुषाल, सिजापति, बगाले, सिंह बस्नेत, बास्कोटा, पोखरेल, तिवार, लोहनी ।

Powered by Blogger.