ads

ads
ads

ओई सरकार !!!

‬आफुले त मानवीयता देखाउन सकिनस नै,या भनौँ क्षमता छैन अथवा चाहेर पनि देखाउन सकिनस ; गर्न सकिनस । तर किन विदेशी सहयोग रोक्न खोज्छस ? जो स्वेच्छाले हाम्रो सहयोग-उद्दारका निम्ति आउन चाहन्छन ; उनिहरुको बाटो किन छेक्छस हँ ?


तँलाई लाग्दो हो काठमाडौँमा दर्जनौं कार्गो विमान भरी राहत सामाग्री आईहाल्यो अब पुग्छ । तर तेरो यस्तो सोचाई हो भने ईतिहासले नबिर्सने गम्भीर अपराध गर्दैछस ।

काठमाडौका जनतालाई २ दिन सित्तैमा खान र टेण्ट बाँडेर गर्व नगर दुरदराजमा आजसम्म पनि अबोध जनता च्यापिएर बसेका छन , पुरिएका छन । कोहि आउला अनि बचाउला भनेर बाटो हेर्दा हेर्दै आँखा टाट पल्टिसकेको छ । कैयन मरेबाँचेको टुङ्गो छैन । 

बाँचेकाहरु भोको पेट र खुल्ला आकाशमुनी वर्षा र टन्टलापुर घामसँग संघर्ष गर्दैछन । खै तिनीहरुको बारेमा सोचेको ?

सहयोगलाई लत्याएर गम्भीर गल्ति गर्दैछस,सचेत हु । होसियार !!! बरु तुरुन्तै राहत सामाग्री व्यवस्थित तरिकाले वितरण गर । विमानस्थलमा अलपत्र विदेशी सहयोगीहरुलाई सम्मापुर्वक स्वागत गर । सरकारका उच्च तहमा बसेकाहरुको थुतुनो काबुमा राख भन !!!
Powered by Blogger.