ads

ads
ads

रक्तदान गरेर जीवन बचाउँ !!! अहिलेको आवश्यकता रगत ।।।

 "रगतदान नै जीवन दान हो"

हालैको विध्वंसात्मक घटनाले देश स्तब्ध बनेको बेला जिवनको आशामा अस्पतालमा छटपटाईरहेका घाईतेको उद्दार गरि जीवन बचाउनु नै हाम्रो पहिलो प्राथमिकता र कर्तव्य हो । त्यसको निम्ती यथाशक्य सहयोग जुटाउन लागिपर्न सम्पुर्ण नेपाली,गैह्र नेपाली समुदाय संग आग्रह गर्दछु ।

यतिबेला अस्पतालका शैयामा रहेका र खुल्ला चौरमा उपचाररत घाईतेको जीवन बचाउको निम्ति पहिलो र अतिआवश्यक भनेको "रगत" हो । देशका अस्पतालहरुमा रगतको चरम अभाव देखिएको छ । यो विकराल परिस्थितिमा उनिहरुको जीवन बचाउनु नै हाम्रो पहिलो कर्तव्य हो । कसैले पनि उपचार र रगत नपाएर मर्नु नपरोस । रगत उपलब्ध गराउन सक्ने बाटो  हामी शिवाय अरु छैन ।

तपाईंको रगत बाट अर्को एउटा जीवन अकालमै मर्नबाट जोगिनेछ । त्यसैले कृपया अहिले नै रगतदान गर्न सम्बन्धित अस्पताल वा रेडक्रस मा जानुहोस । मेरो  विनम्र आग्रह छ,तपाईंको रगतबाट कसैले नयाँ जीवन पाउनेछ,उनिहरुको जीवन बचाउनु हाम्रो कर्तव्य हो । रगत दानबाट तपाईंलाई कुनै हानी पुग्दैन । बरु अझ स्वस्थ नयाँ रगत बनेर तपाईको रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ ।

यतिबेला काठमाडौमा रगतको चरम अभाव देखिएको छ । यो किन्न र बनाउन पाईने चिज होईन , न त पैसा खर्चेर सजिलै पाईन्छ । मानवताको हिसाबले निशुल्क उपलब्ध हुने चिज हो । भोलि जोकोहीलाई आवश्यकता पर्न सक्छ । तपाईंको एक प्रिन्ट रगतबाट कोहि अभिभावक गुम्नबाट बच्नेछन । टुहुरो हुनबाट जोगिनेछन । सिउँदो पुछिनबाट रोकिनेछन । त्यसैले प्लिज प्लिज प्लिज अहिले नै रक्तदान गरौँ ।
            
Powered by Blogger.