ads

ads
ads

भुकम्प पिडितलाई युएई एक्सचेञ्जको राहत,सित्तैमा पैसा पठाउने सुविधा

रामकुमार परियार
२८ अप्रिल २०१५
युएई / भुकम्पमा परि मृत्यु भएका र घाईते भएकाहरुको परिवारको राहतका निम्ति भन्दै यहाँ स्थित युएई एक्सचेञ्जले एक महिनासम्म नेपालीहरुका निम्ति सित्तैमा रेमिट्यान्स सुविधा दिने भएको छ ।

आकस्मिक सहायता भन्दै नेपालीहरुका निम्ति  नेपालमा पैसा पठाउँदा सेवा शुल्क नलिने घोषणा गरेको युएई एक्सचेञ्जले आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेको हो । यो सहायता २७ अप्रिलबाट शुरु भई मे २७ मा सकिने एक्सचेञ्जले उल्लेख गरेको छ । त्यसैगरी घाईतेको उद्दार तथा उपचारका निम्ति नेपाली एक करोड आकस्मिक राहत समेत उपलब्ध गराउने घोषणा गरेको एक्सचेञ्जले जनाएको छ ।

त्यसैगरी युएईकै अल अहेलिया एक्सचेञ्जले समेत नेपालीको उद्दार र सहायताका निम्ति भन्दै यहाँबाट प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा निशुल्क सहयोग रकम जम्मा गर्न सकिने सुविधा दिएको छ । यो सुविधा २८ अप्रिल देखि २८ मे सम्म रहने एक्सचेञ्जले जनाएको छ ।

Powered by Blogger.