ads

ads
ads

भुकम्पमा परि मर्ने ६ हजार २ सय ५४ पुगे

काठमाडौं-विनाशकारी भूकम्पबाट मृत्यु भएकाको संख्या शुक्रबार बिहान १० बजेसम्म ६ हजार २ सय ५४ पुगेको छ । प्रहरीका अनुसार भूकम्पमा परी १३ हजार ८ सय ४७ जना घाइते भएका छन् ।
गृह मन्त्रालयले दिएको जानकारीअनुसार भूकम्पका कारण १० हजार ३९४ सरकारी घर पूर्ण रुपमा क्षति भएका छन् । त्यस्तै, आंशिक रुपमा १३ हजार ८८० घर क्षति भएका छन् । सर्वसाधारणका एक लाख ३८ हजार १८२ पूर्ण क्षति भएका छन् भने आंशिक एक लाख २२ हजार ६९४ भर घर क्षति भएका छन् ।
गृह मन्त्रालयका अनुसार पूर्वाञ्चलमा ५२ को मृत्यु र ३०९ घाइते, मध्यमाञ्चलमा सबैभन्दा बढी पाँच हजार ७३५ मृत्यु र १२ हजार ४०३ घाइते, पश्चिमाञ्चलमा ४१५ मृत्यु र एक हजार १९६ घाइते र  मध्यपश्चिमाञ्चलमा दुईको मृत्यु र २४ घाइते र सूदूर पश्चिमाञ्चलमा भूकम्पबाट कुनै पनि मानवीय क्षति भएको छैन ।
Powered by Blogger.