भुकम्पमा परि मृत्यु हुने ५४८९ पुगे

१७ वैशाख ।
आज बिहान सम्म भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या  ५ हजार ४ सय ८९ पुगेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालय मातहतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट घाइते हुनेको सङ्ख्या अहिलेसम्म १० हजार ९६५ पुगेको छ ।
जसमध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकमा १ हजार ५८७, नुवाकोटमा ७०७, धादिङमा ५२७, गोरखामा ४०५, काभ्रेमा २७५ तथा काठमाडौँमा १ हजार ३९, भक्तपुरमा २५२ र ललितपुरमा १६८ जनाको मृत्यु भएको छ ।

भूकम्प प्रभावित विभिन्न जिल्लाबाट विवरण आउने क्रम जारी रहेकाले यो सङ्ख्या धेरै बढ्ने अनुमान गरिएको छ ।

Powered by Blogger.