ads

ads
ads

मान्छेको टाउको काटेर अर्कैको जिउमा जोडियो

वैशाख २७ गते साउथ अफ्रिका ।
विश्वमै पहिलोपल्ट  टाउकोको सफल प्रत्यारोपण भएको छ । जोहेन्सवर्ग साउथ अफ्रिका शल्यचिकित्सकको समूह टाउको प्रत्यारोपण गर्न सफल भएको हो ।

१९ घण्टाको अप्रेसन पछि चिकित्सकहरुको समूहले टाउको प्रत्यरोपण गरेको हो । चिकित्सकले हड्डीको क्यान्सर भएका ३६ वर्षीय पाउल हर्नर नामका व्यक्तिको टाउको २१ वर्षीय अर्को युवकको शरीरमा सफल प्रत्यारोपण गरेका हुन् । पाउललाई ५ वर्षदेखि हड्डीको क्यान्सर थियो । शल्यक्रिया गर्ने समूहका सदस्य रहेका डाक्टर टम डोनीले भने - ‘एक जनाको टाउको अर्काको शरीरमा जोड्नु चिकित्सा विज्ञानको ठूलो सफलता हो ।’  उक्त सफल शल्यक्रियाले चिकित्सा विज्ञानमा असिमित संभावना देखाएको उनले बताए ।

जोहेन्सवर्ग एकेडेमी अस्पतालका सर्जनहरुले यो शल्यक्रिया फ्रेब्रुअरीमै गरेका थिए । सर्जनहरुले शल्यक्रिया सफल भएपनि केही समय बिरामीको अवस्था हेर्नका लागि सार्वजनिक नगरेको बताएका छन् । शल्यक्रिया प्रोफेसर म्यारन डेनसको नेतृत्वमा फेब्रुअरी १० भएको थियो । सन् २०१२ मा  कार दुर्घटनामा परी ब्रेन डेथ भएका ब्यक्तिको शरीर पाउलको टाउकोमा जोडिएको हो । 

ब्रेन डेथ भएका ती २१ वर्षीय व्यक्तिको ब्रेन रिकभर हुने संभावना नभएपछि उनको शरीर प्रत्यारोपण लागि उनका परिवारसँग अनुमति मागिएको थियो । परिवारले अर्को व्यक्तिको ज्यान जोगाउन आफ्नो छोराको शरीर दान गरेको बताएका छन् । प्रत्यरोपण गरिएका व्यक्तिको  शरीर अहिले ८५ प्रतिशत रिकभर भएको चिकित्सकले बताएका छन् ।  उनी हिड्न, बोल्न र सामान्य क्रियाकलाप गर्न सक्छन् ।

श्रोत : http://newsexaminer.net/health/worlds-first-head-transplant-a-success/

Powered by Blogger.