ads

ads
ads

औचित्यहिन गणतन्त्र दिवसको शुभकामना !!!

गणतन्त्र , प्रजातन्त्र , लोकतन्त्र ...यस्ता जुनसुकै पर्यायको पछि तन्त्र झुण्डिए पनि तन्त्र तन्त्र नै रहेछ । शाषक आखिर शाषकै रहेछ । राजतन्त्रको नाउँमा दशकौँ एउटै परिवारका छोरा नातिद्वारा शाषित भयौँ,त्यसपछि प्रजातन्त्र जोडेर त्यही समुहले वर्षौं शासन गर्‍यो । पुनः लोकतन्त्र को नाउँमा पुरानै शत्ताका अवशेष आए सत्तामा ।


भ्रष्टाचार,जालझेल,षड्यन्त्र र दासत्वको सिकार बनाउँदै तिनै जनताको छाती कुल्चेर शासन गरिरहे । अहिले त्यसैमा गणतन्त्र थपेर तिनै पुराना अव्यय र अवशेषहरु द्वारा शाषित भईन्दैछ । आएका छन केही नयाँ तर यी पनि उही पुरानै समाजमा घुलमिल हुँदै अहिले कुन पुरानो कुन नयाँ छुट्ट्याउनै नसक्ने भएका छन ।

गरिब,पीडित,अशिक्षित जनताको चुलोमा आज पनि आगो बलेको छैन,कलम कापी पुगेको छैन,सिटामोल नपाएर अकालमै मर्न विवश छन । दिनहुँ अबोध किशोरीहरु बलात्कृत हुनुपरेको छ । उपचार गर्न नसकेर आत्महत्या गर्नुपरेको छ । हत्याराहरु बिच सडकमा छाती फुलाएर हिँड्दैछन । बोक्सि/दाइजो/तलाक को निहुँमा दिनहुुँ चेलीबेटी कुटिनुपरेको छ । चुलो छोएको निहुँमा निर्घात पिटिएर बहिष्कृत हुनुपरेको छ । सन्तानको परिचयपत्रका निम्ति दर्जनौं ढोका ढकढकाउँदा पनि परिचयपत्र विहिन हुनुपरेको छ ।......यस्तो बेलाँ 
के-को गणतन्त्र ?
के-को दिवस ?

Powered by Blogger.