गलत समाचार लेखेको भन्दै नेविसंघ द्वारा दुई अनलाईनलाई मुद्दा

काठमाडौं, वैशाख २३ – नेपाल विद्यार्थी संघले गलत समाचार छापेको अभियोगमा २ वटा अनलाइन र ती अनलाइनमा कार्यरत पत्रकारविरुद्ध मुद्दा दायर गरेको छ ।

 नेविसंघले राहतका लागि आएका पाल विक्रि गरेको गलत खबर छापेको भन्दै नेपालपाटी अनलाइन तथा झिल्को अनलाइनविरुद्ध मानहानीको मुद्दा दायर गरेको हो । उजुरीमा नेपालपाटीका अध्यक्ष युवराज कार्की, प्रवन्ध निर्देशक सरिता निरौला र सम्पादक प्रेम गौतम तथा झिल्को अनलाईनका सम्पादक सिता अधिकारी र प्रवन्ध सम्पादक प्रशान्त लामिछानेलाई विपक्षी बनाइएको छ । 

दुवै अनलाइनमा राहतबापत आएको पाल बेच्दै गर्दा नेसिवसंघका कार्यकर्ता पक्राउ परेको खबर छापिएको थियो । त्यो खबर सहि नभएकाले त्यसले नेविसंघलाई बद्नाम गराएको भन्दै गलत खबर छाप्ने अनलाइनविरुद्ध कारबाहीको माग गरिएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।

Powered by Blogger.