भुकम्प पीडितलाई घर बनाउन बैंकहरुले १५ देखि २५ लाखसम्म दिने

२५ वैशाख ।
बैंकले  भूकम्पबाट क्षतिग्रस्त भएकाहरुलाई घर निर्माण गर्नका लागि २ प्रतिशत व्याजमा ऋण दिने वातावरण मिलाएको छ ।

नेपाल राष्ट्र बैंकको निर्णयले घर भत्केकाहरुलाई यस्तो सहुलियतमा ऋण प्रदान गर्ने वातावरण तय गरेको हो । काठमाडौं भित्र २५ लाख रुपैयाँ र बाहिर १५ लाख रुपैयाँ सम्म दिने वातावरण बैंकले बनाएको हो । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुबाट यस्तो ऋण लिन सकिनेछ ।

ऋणको प्रक्रियाबारे भने केहिदिनपछि मात्र टुंगो लाग्ने राष्ट्र बैंकले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको कागजपत्र र बैंकबाट खटिएको टोलीले ऋण दिने विषयमा अनुमगन गर्ने बताईएको छ । भूकम्पबाट भौतिक संरचना धेरै भत्किएपछि बैंकहरुले २ प्रतिशत ब्याजमा ऋण दिन लागेको हुन  । सामान्य अवस्थामा पछिल्लो समय घरकर्जा ब्याज साढे ७ प्रतिशत रहेको छ ।

Powered by Blogger.