छाती छेँडी मानिसको मुटु निकालेर खाने नरभंक्षीलाई १८ वर्षको जेल

सुन्दैमा डरलाग्दो तथा अनौठो लाग्छ । दक्षिण अफ्रिकामा एक जना व्यक्तिले मान्छेको हत्या गरी उसको मुटु निकालेर खाएको अभियोग प्रमाणित भएको छ ।

मान्छे मारेर मुटु निकाली खाएको आरोपमा ३५ वर्षे एन्ड्रयू चिम्बोजालाई त्यहाँको एक अदालतले १८ वर्षको जेल सजाय सुनाएको छ । अभियोग स्विकार गर्दै उनले भनेका छन् , मैले आफुलाई समलिंगी नभएको प्रमाणित गर्न चाहन्थेँ ।’ गत वर्ष ६२ वर्षका एम मनोमा नामका व्यक्तिको हत्या गरी उनको मासु खाएको आरोपमा चिम्बोजा पक्राउ परेका थिए ।

पुलिस रिपोर्ट अनुसार मृतकको गर्धनको आधा भाग खाइएको थियो भने छातिमा एउटा प्वाल समेत थियो । चिम्बोजाको साथबाट काँचो मासु ,चक्कु तथा चिम्टा समेत बरामद भएको थियो । अदालतमा सुनुवाइका क्रममा चिम्बोजाले आफुमाथि भएको अपमानको बदला लिनका लागि आफुले हत्या गरेर मासु खाएको बयान दिए । अदालतमा सनसनीपूर्ण बयान दिने क्रममा उनले भनेका छन् , ‘म उसको छातिमाथि बसेँ । छातिलाई चिरेर उसको मुटु बाहिर निकालेँ र त्यसलाई टुक्राटुक्रा पारेर खाएँ ।’

त्यो वृद्धको मुटु खाएर आफुले आफुलाई समलिंगी नभएको प्रमाणित गर्न चाहेको उनलेे भने । मुटु खाइसकेपछि भने बल्ल आफुलाई सो व्यक्ति मरिसकेको थाहा भएको उनको दाबी छ । आफुले प्रतिशोधका कारण त्यसो गरेपनि अहिले गल्तीको आभाष भएको भन्दै उनले पश्चाताप व्यक्त गरेका छन् ।
-अनलाईन खबर बाट

Powered by Blogger.