ads

ads
ads

आजको सन्दर्भ

उफ !!! कति अभागी रहेछौँ हामी । यति सुन्दर देश,मनकारी जनता भएको मुलुक हाँक्ने नेताहरुमा भने अलिकति मानवियता,श्रम,लज्जा र घिन केही छैन । छ त केवल "मै लाउँ,मै खाउँ" प्रवृत्ति । भुकम्पले क्षतविक्षत भएको जनताको मनमा स्नेह र राहतको मलहम लगाउनु त कता हो कता उनीहरुको निम्ति आएको राहत खोस्न तँछाडमछाड गर्छन् । कोहि चैँ दशौँ हजार जनताको मृत्यु शोकको घडीमा झ्याँईझ्याँई बाजा बजाएर दशौँ लाख खर्चेर आतिसबाजी सहित विवाह महोत्सव मनाउँछन ।

बिना काम,सित्तैमा ५० हजार बढी तलब खाँदै आएका सभासदहरु १०० रुपैयाको त्रिपाल हुत्याउन दिलोज्यान लगाउँछन । तर अहिले खाएर भरे के खाउँ भन्ने श्रमजिवि हरु भने खुला दिलले एक छाक काटेर पीडितलाई राहत जम्मा गर्दैछ्न , बाँड्दैछन ।

यसैबिच हिजो आईतबार  विराटनगरमा समेत एक सामन्य परिवारले छोरिको गुन्युचोलि को भोज कट्टा गरि भुकम्प पीडितलाई एक लाख सहयोग गरेका छन । विराटनगर ६ का धिरज पोख्रेलले आफ्नी ९ वर्षिय छोरी यशस्वी पोख्रेलको गुन्युचोलिको भोज स्थगन गरेर मोरङका प्रजिअ मार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोष मार्फत भुकम्प पीडितलाई रु. १ लाख सहयोग गरेका छन । धन्यवाद वहाँको परिवारको सहयोगि मनलाई अनि धिक्कार छ पाल खोस्ने कथित संविधान निर्माण कर्तालाई,महाधिक्कार सिंगो देश रोएको बेला,स्तब्ध भएको बेला विवाहको विजयउत्सव मनाउने जनतामारा नेतालाई ... ।
Powered by Blogger.