ads

ads
ads

लाङ्घाली ट्रष्ट द्वारा भुकम्प पीडितलाई राहत सहयोग

३ मे , अबुधाबी ।
युएईमा कृयाशिल सामाजिक संस्था लांघाली  ट्रष्टले भुकम्प पीडितको सम्झनामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरि पीडितको उद्दार तथा राहतका निम्ति नेपाली रुपैयाँ ६५ हजार सहयोग गरेको छ ।
शुक्रवार अबुधाबीको मुसाफामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा अबुधाबी क्षेत्रमा कार्यरत ५० बढी सहभागी भएका थिए । कार्यक्रममा विनाशकारी महाभुकम्प मा परि मृत्यु भएकाहरुलाई श्रद्धाञ्जली अर्पण गरिएको आयोजक लाङ्घाली ट्रष्ट का अध्यक्ष चन्द्र सारु मगरले बताए । कार्यक्रममा सहभागी काभ्रे र गोर्खाका पीडित परिवारका सदस्यहरुले आफ्नो घरको अवस्था र पीडा सुनाएका थिए ।
उक्त कार्यक्रमको समापन संगै ट्रष्टका प्रतिनिधिहरु अध्यक्ष चन्द्र सारु,सचिव नरेन्द्र बेलबासे स्थायी सदस्यहरु याम राना,मानबहादुर सारु,केशव भण्डारी लगायतको टोलि नेपाली राजदुतावास पुगि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा सहयोग रकम जम्मा गरेको अध्यक्ष मगरले जानकारी दिए ।
Powered by Blogger.