ads

ads
ads

पहाडी महिलालाई वेश्या भने सिके राउतले

मधेशलाई नेपालबाट अलग्याउने अभियान नै चलाएका सिके राउतले पछिल्लो पटक दिएको अभिव्यक्ति निक्कै आपत्तिजनक छ । देश महाभूकम्पमा प्रताडित भइरहेका बेला उनले पहाडीलाई मधेशमा आश्रय दिन नहुने मात्रै होइन, पडाडीको वेश्यावृत्ति गर्ने पुर्ख्यौली पेशा यौन व्यवसाय भएको भन्दै उनीहरुलाई मधेशमा वस्न दिन नहुने आशयको टुइट गरेका छन् ।

उनको यो अभिव्यक्ति अहिले चर्चा र विवादको विषय बनेको छ । पटक–पटक मधेशलाई स्वतन्त्र राज्य बनाउँनु पर्ने भन्दै देशहीत विपरित अनेक कदम चाल्दै आएका राउतको यो टुइटप्रति आम देशभक्त नागरिकको मनमा चोट पुगेको छ ।

***          को हुन् सिके राउत ?     ***

मधेस नेपालभित्र अटाउन नसक्ने र अलग्गै स्वतन्त्र देश हुने घोषणा गर्दै मधेसी युवालाई देश विरुद्ध भड्काउने अभियान चलाएका व्यक्ति हुन् , सिके राउत  । उनले केही समयअघि स्वतन्त्र मधेस राष्ट्रका विषयमा विराटनगरस्थित रामजानकी मन्दिरमा खुला छलफल चलाएका थिए । कार्यक्रममा प्रवचन दिएका राउतले नेपालबाट अलग्गै ‘मधेस देश’ बनाएर स्वराज गर्ने आन्दोलनमा लाग्न युवाहरुलाई आह्वान गरेका थिए ।

उनलाई पक्राउ गर्न गृह मन्त्रालयमा भएका सुरुक्षा बैठकहरुमा पटकपटक छलफल भएका थिए । सप्तरी महादेवा–७ मा जन्मिएका राउत लामो समय अमेरिका बसेर फर्किएका व्यक्ति हुन् । उनले अमेरिकी सरकारको मातहतको कम्पनीमा केही समय जागिर खाएका थिए । सामान्य परिवारका उनी देश टुक्राउने काममा लाखौं रकम खर्च गर्दै कसरी देश दौडाहा गर्दै छन् र युवालाई भड्काउन लागेका छन् भन्ने जानकारी सुरुक्षा निकायले पाउन सकेका छैनन् ।

उनी पटकपटक स्थलमार्ग हुँदै भारतका विभिन्न सहरमा जाने गरेका रिपोर्ट गृह मन्त्रालयमा छ । काठमाडौं इन्जिनियरिङ पढेर क्याम्ब्रिज विश्वविद्यालयबाट पीएचडी गरेका राउत कम्प्युटर वैज्ञानिक पनि हुन् । उनी सन् २०११ मा अमेरिकाबाट नेपाल फर्किएका थिए । राउत अमेरिकामा दर्ता गरिएको गैरआवासीय मधेसी संघ र स्वतन्त्र मधेस गठबन्धनका केन्द्रीय संयोजक हुन् ।
साभार-yeskathmandu.com

Powered by Blogger.