दलित नेताहरूले संविधानमा विशेष व्यवस्थाको माग गर्दै ज्ञापनपत्र बुझाए

संविधान मस्यौदा समितिद्वारा जारी संविधान को मस्यौदामा ६ जना दलित नेताहरुले  दलित समुदायका लागि विशेष प्रतिनिधित्व हुनुपर्ने माग गर्दै संविधान मस्यौदा समितिका सभापतिलाई ज्ञापनपत्र बुझाएका छन  । उक्त ज्ञापनपत्रमा नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा सभासद् गगन थापाको पनि हस्ताक्षर रहेको छ ।


ती नेताहरुले ३ बुँदे माग राखेका हुन् । पहिलो बुँदामा संघ , प्रदेश र स्थानीय निकायको व्यवस्थापिका र कार्यपालिकामा जनसंख्याको अनुपातमा प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने माग गरिएको छ ।
दोस्रो बुँदामा निजमाति सेवा , न्याय , सुरक्षा निकाय लगायत राज्यका सबै अंग , निकाय र क्षेत्रहरुमा समानुपातिक सहभागिता र प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने माग गरिएको छ ।

तेस्रो बुँदामा संवैधानिक अंग , न्यायाधीश , राजदूत तथा राजनीतिक नियुक्तिहरुमा पनि दलितहरुको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ ।

क-कसले गरे हस्ताक्षर ?

ज्ञापनपत्रमा संविधान मस्यौदा समितिका सात जना सदस्यहरुको हस्ताक्षर रहेको छ । जसमा क्रमशः जीवन परियार , कविताकुमारी सरदार , रामदयाल मण्डल , शिवकुमारी गोतामे (सार्की) नगरकोटी , सीताकुमारी नेपाली र डिलबहादुर नेपाली रहेका छन् । त्यसैगरी उक्त न्यायोचित मागलाई काङ्ग्रेस युवा नेता गगनकुमार थापाले ऐक्यबद्धता जनाई हस्ताक्षर गरेका छन् ।
Powered by Blogger.