दुई मिनेट नेताका कुरा


मुलुकमा जबजब ठुला-ठुला राजनैतिक परिवर्तनहरु हुन्छन् त्यसको पछाडि भारतको प्रत्यक्ष संलग्नता देखिंदै आईएको छ । हरेक राजनैतिक परिवर्तनको संघारमा शिर्ष नेताहरु भारत धाएका कैयन उदाहरण छन । यसपटक पनि ऐतिहासिक संविधानसभाबाट संविधान जारी गर्ने पुर्व सन्ध्यामा हाम्रा शिर्षस्थ नेताहरु लस्करै भारत धाईरहेका छन ।

एमाओवादी अध्यक्ष प्रचण्डबाट शुरूवात भएको यसपटकको भारत भेट झलनाथ खनाल हुँदै , शेरबहादुर देउवा सम्म पुगिसक्यो । यसअघि नै मधेशवादी दलका नेताहरूले समेत ढोगभेट चढाईसकेका छन । यसबाट अब के होला ? भन्ने दुविधा उत्पन्न गराएको छ । धर्म , संघियता , नागरिकता जस्ता अस्पष्ट र विवाधित सवाललाई जिउँका त्युँ छाडेर भारत भ्रमणमा लाग्नुलाई गम्भीरताका साथ लिनुपर्छ । के हामी नेपाली आफ्नो भाग्य र भविष्य आफै निर्धारण गर्न सक्षम छैनौ ?

ईतिहासलाई हेर्ने हो भने हाम्रा मुलुक निर्माणकर्ता र कुनैपनि शाषकले विदेशीसामु घुँडा टेकेको रेकर्ड पाईन्न । विषम परिस्थिति बाहेकका अन्य कालखण्डहरुमा यिनै नेताका अग्रजहरु स्व. गणेशमान सिंह , मातृका कोईराला , विश्वेश्वरप्रसाद कोईराला , गिरिजाप्रसाद कोइराला  , मदन भण्डारी आदि समेतले विदेशीको गोडा ढोगेनन तर हाम्रा विध्यमान नेताहरु सानो भन्दा सानो समस्या टार्न समेत भारतको परामर्शमा निर्भर हुन्छन् । यो भन्दा दु:खद र लज्जास्पद कुरा अरु के हुन सक्छ ?

हरेक महत्त्वपूर्ण निर्णयको निर्णायक भारतलाई मान्ने तिनै नेताको द्वैध चरित्र पनि छ । स-साना समस्या टार्न पनि छिमेकिको शरण लाग्ने यिनै नेता बेलाबेला हाम्रो आन्तरिक मामिलामा भारतले हस्तक्षेप गर्‍यो भन्न पछि पर्दैनन् । टायर बाल्न जनता उकास्छन , मन्चमा खुलेर उक्त कार्यको विरोधमा घण्टौँ फलाक्छन । अन्ततगत्व पुनः लाग्छन् त्यहि बाटो ।

हुन त हाम्रा नेता जुन थालिमा खायो त्यही थालिमा ... गर्न पोख्त छन् । कसैले सिकाईरहनु जरुरी छैन । बैठकहरुमा विवाद र झगडाको ढोंग रचेर जनताका आँखामा छारो हाल्ने प्रवृत्ती यत्ती झांगिएको छ कि भनी साध्य छैन । अहिलेका बच्चाबच्चीले समेत त्यो प्रवृत्तिको सिको गरिसकेका छन । यस्तो अवस्थामा हामी जनताले के आशा गर्ने ?
Powered by Blogger.