ads

ads
ads

यस्तै हो भने किन चाहियो दलितका नाउँमा आरक्षण ?

दलित समुदायकै पीडा र रोदनको भर्‍याङ चढेर नेता , सांसद र मन्त्री बनिएकाहरु र केही बुज्रुक अनि माथी पहुँच भएकाहरुकै सर्वोत्तम हितका लागि मात्रै प्रयोग हुने आरक्षण , विशेषाधिकार हुनु भन्दा नभएकै जाती !!!

किन जाने सडक ? किन गर्ने बन्द जबकी तिम्रो नाम बेचेर आएको आरक्षण नै तिमी पाउदैनौ भने । रेडियो र टेलिभिजनका पर्दामा अधिकार , मुक्ती र विशेष सुविधाका मिठा-मिठा कुरा गर्ने कथित नेताहरुको पछि लाग्नु बेकार छ । यिनिहरु कहिल्यै पार्टी भन्दा माथी उठेर तिम्रा पक्षमा बोल्ने छैनन्   तिम्रा हितमा सिन्को भाँच्ने छैनन् । बोल्छन्  , गर्छन् त केवल आफ्ना भाईभारदार र आफन्तका निम्ति ।
Powered by Blogger.